मलाई निसाफ नदिनुहुने, मेरो जीवन तीतो पारिदिनुहुने जिउँदो सर्वशक्तिमान् परमेश्वरको नाममा म किरिया खाएर भन्दछु। जहिलेसम्म परमेश्वरले मलाई सास दिनुहुन्छ, मेरा ओठले दुष्ट बोली बोल्नेछैनन्, मेरो जिब्रोले झूट बोल्नेछैन। तपाईंका कुरा साँचो हुन् भनी म मान्नै सक्दिनँ, म नमरेसम्म म निर्दोष छु भन्ने मेरो दाबी म छोड्नेछैनँ। म ठीक छु भन्ने मेरो दाबी म नमरेसम्म छोड्दिनँ, मेरो विवेक सफा छ। मेरो विरोध गर्नेहरूले दण्ड पाऊन् र मेरा शत्रुहरूको दशा अधर्मी दुष्टहरूको झैँ होस्। आफ्नो प्राण परमेश्वरले चुँडाउनुहुँदा परमेश्वर नमान्ने मानिसहरूलाई के आशा हुन सक्ला? दु:ख आइलाग्दा के परमेश्वरले तिनीहरूको पुकारा सुन्नुहुन्छ र? के तिनीहरूले परमेश्वरको आनन्दको चाहना गर्नेछन् र? के तिनीहरूले उहाँलाई निरन्तर पुकार्नेछन् र? परमेश्वरको शक्ति कति महान् छ, म तपाईंहरूलाई सिकाउँछु। सर्वशक्तिमान् परमेश्वरको के योजना छ, म तपाईंहरूलाई देखाउँछु। तर भइगयो, आखिर तपाईंहरूले सबै कुरा देख्नुभएकै छ। तब किन यस्ता व्यर्थका कुरा गरिरहनुहुन्छ?
अय्यूब 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूब 27:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू