अय्यूब 27
27
अय्यूब भन्दछन्:
1-2मलाई निसाफ नदिनुहुने, मेरो जीवन तीतो पारिदिनुहुने
जिउँदो सर्वशक्तिमान् परमेश्वरको नाममा
म किरिया खाएर भन्दछु।
3जहिलेसम्म परमेश्वरले मलाई सास दिनुहुन्छ,
4मेरा ओठले दुष्ट बोली बोल्नेछैनन्, मेरो जिब्रोले झूट बोल्नेछैन।
5तपाईंका कुरा साँचो हुन् भनी म मान्नै सक्दिनँ,
म नमरेसम्म म निर्दोष छु भन्ने मेरो दाबी म छोड्नेछैनँ।
6म ठीक छु भन्ने मेरो दाबी म नमरेसम्म छोड्दिनँ,
मेरो विवेक सफा छ।
7मेरो विरोध गर्नेहरूले दण्ड पाऊन्
र मेरा शत्रुहरूको दशा अधर्मी दुष्टहरूको झैँ होस्।
8आफ्नो प्राण परमेश्वरले चुँडाउनुहुँदा परमेश्वर नमान्ने मानिसहरूलाई
के आशा हुन सक्ला?
9दु:ख आइलाग्दा के परमेश्वरले तिनीहरूको पुकारा सुन्नुहुन्छ र?
10के तिनीहरूले परमेश्वरको आनन्दको चाहना गर्नेछन् र?
के तिनीहरूले उहाँलाई निरन्तर पुकार्नेछन् र?
11परमेश्वरको शक्ति कति महान् छ, म तपाईंहरूलाई सिकाउँछु।
सर्वशक्तिमान् परमेश्वरको के योजना छ, म तपाईंहरूलाई देखाउँछु।
12तर भइगयो, आखिर तपाईंहरूले सबै कुरा देख्नुभएकै छ।
तब किन यस्ता व्यर्थका कुरा गरिरहनुहुन्छ?
सोपर भन्दछन्:
13सर्वशक्तिमान् परमेश्वरले दुष्ट र हिँसा गर्ने मानिसहरूलाई
यसरी दण्ड दिनुहुन्छ।
14तिनीहरूका धेरै सन्तान हुन सक्छन्,
तर तिनीहरू सबै लडाइँमा मारिनेछन्।
तिनीहरूका छोरा-छोरीहरू आधा पेटै रहनेछन्।
15बाँकी रहेकाहरू पनि रुढीले मर्नेछन्।
तिनीहरूको मृत्युमा विधवाहरूले पनि शोक मनाउनेछैनन्।
16दुष्टले बेहिसाब धन थुपारे पनि र असङ्ख्य लुगाफाटा बटुले पनि,
17इमानदार मानिसहरूले ती धन पाउनेछन्
र धर्मीहरूले ती लुगा लाउनेछन्।
18दुष्टले बनाएको घर माकुराको जालोजस्तो
वा बारी कुर्ने कमाराको छाप्रोजस्तो हुन्छ।
19एक दिन त त्यो धनी भएरै सुत्ला,
तर भोलिपल्ट उठ्दा त्यसको सबै धन गइसकेको हुन्छ।
20एक्कासि आउने भलझैँ त्रास त्यसमाथिपर्नेछ।
आँधीले राती त्यसलाई उडाई लैजानेछ।
21पूर्वीय बतासले त्यसलाई त्यसको घरबाट उखेलेर उडाई लैजानेछ।
22त्यसले भाग्ने चेष्टा गर्दागर्दै पनि
दया नै नगरी त्यसमाथि बतास आइलाग्नेछ।
23त्यो जतै भागे पनि ध्वंस पार्ने बलको साथ त्यसलाई तर्साउँदै
र खिसी गर्दै त्यसमाथि बतास गर्जन्छ।
अहिले सेलेक्ट गरिएको:
अय्यूब 27: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.