YouVersion लोगो
खोज आइकन

अय्‍यूब 26

26
अय्‍यूब भन्‍दछ:
1-2म गरीब र निर्बल मानिस भए पनि तपाईं कति उत्तम सहायक हुनुहुन्‍छ!
मजस्‍तो गरीब र दुर्बल मानिसमाथि तपाईंको सहायता कति महान् छ!
3तपाईंले मलाई यस्‍तो असल सल्‍लाह दिनुहुन्‍छ र मजस्‍तो मूर्खसँग आफ्‍नो बुद्धि बाँड्‍नुहुन्‍छ!
4तपाईंको कुरा कसले सुन्‍ला?
तपाईंलाई यी कुरा कसले भन्‍न लायो?
बिल्‍दद भन्‍दछन्:
5मरेका आत्‍माहरू पातालको पानीमुनि काँप्‍दछन्।
6परमेश्‍वरको सामुन्‍ने पाताल उदाङ्गै छ र विनाश पनि छर्लङ्गै देखिन्‍छ।
7परमेश्‍वरले उत्तरको आकाश फैलाउनुभयो
र शून्‍यतामा पृथ्‍वीलाई झुण्‍ड्याउनुभयो।
8परमेश्‍वरले बादल पानीले भरिदिनुहुन्‍छ
र त्‍यसको भारले बादल फुट्‍न दिनुहुन्‍न।
9उहाँले पूर्णिमाको जूनलाई बादलभित्र लुकाउनुहुन्‍छ।
10उहाँले उज्‍यालो र अँध्‍यारोको सिमाना तोक्‍न समुद्रमाथि परिधि राख्‍नुभएको छ।
11उहाँले आकाशका खामाहरूलाई हप्‍काउनुहुँदा ती डरले थरथरी काँप्‍दछन्।
12उहाँले आफ्‍नो शक्तिले समुद्रलाई अधीन गर्नुभयो,
आफ्‍नै ज्ञानले डरलाग्‍दो जल-जन्‍तु राहाबलाई नाश गर्नुभयो।
13उहाँको सासले आकाश सफा पार्‍यो
र उहाँको हातले डरलाग्‍दो जल-जन्‍तुलाई नाश गर्‍यो।
14यी त उहाँको शक्तिको एक झलक मात्र हुन्‌,
उहाँको मधुरो सोर मात्र हो।
उहाँको शक्तिको गर्जन कसले बुझ्‍न सक्‍छ र?

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 26: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्