YouVersion लोगो
खोज आइकन

अय्‍यूब 25

25
बिल्‍दद भन्‍दछन्‌:
1-2परमेश्‍वर सामर्थी हुनुहुन्‍छ; सबैले उहाँको भय मान्‍नुपर्छ;
उहाँले आफ्‍नो राज्‍यमा शान्‍ति कायम राख्‍नुहुन्‍छ।
3के कसैले उहाँका सेनाको गन्‍ती गर्न सक्‍छ?
परमेश्‍वरको ज्‍योति नपुगेको ठाउँ कहीँ छ र?
4स्‍त्रीबाट जन्‍मेको कुनचाहिँ मानिस धर्मी र पवित्र हुन सक्‍छ?
5उहाँको नजरमा जून पनि त्‍यति चम्‍किलो छैन
र ताराहरू पनि सफा छैनन्।
6तब किरोसरह मानिस जाबो के हो र?
परमेश्‍वरको नजरमा उसको मूल्‍य के छ र?

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 25: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्