YouVersion लोगो
खोज आइकन

इयोब 27:1-12

इयोब 27:1-12 NCV

तब इयोबले आफ्नो बहस जारी राखे: “सर्वशक्तिमान् परमेश्‍वर जीवित हुनुभएझैँ, जसले मेरो न्याय गर्नलाई इन्कार गर्नुभएको छ, र मेरो जीवन तितो बनाइदिनुभएको छ, जबसम्म मभित्र जीवन रहन्छ, र परमेश्‍वरको सास मेरा नाकमा रहन्छ, मेरा ओठले कहिल्यै पनि खराबी बोल्नेछैन, मेरो जिब्रोले झूटो कुरा उच्‍चारण गर्नेछैन। तपाईंहरू ठिक हुनुहुन्छ भनी म कहिल्यै मान्‍नेछैनँ; म नमरुन्जेल मेरो निष्‍ठालाई म इन्कार गर्नेछैनँ। म मेरो धार्मिकतालाई कायम राख्नेछु र त्यसलाई कहिल्यै छोड्नेछैनँ; म बाँचुन्जेल मेरो विवेकले मलाई धिक्‍कार्नेछैनँ। “मेरो शत्रु दुष्‍टजस्तै, र मेरो विरोधीचाहिँ अधर्मीजस्तै होऊन्! किनकि जब ईश्‍वरहीन मानिस नाश हुन्छ, तब त्यसको के आशा हुन्छ र? जब परमेश्‍वरले त्यसको जीवनलाई लिनुहुन्छ, तब त्यसमाथि कष्‍ट आइलाग्दा, के परमेश्‍वरले त्यसको विलाप सुन्‍नुहुनेछ र? के त्यसले सर्वशक्तिमान्‌बाट आनन्द पाउनेछ र? के त्यसले सधैँ परमेश्‍वरको नाम पुकार्नेछ र? “म तपाईंहरूलाई परमेश्‍वरको शक्तिको विषयमा सिकाउनेछु; सर्वशक्तिमान्‌का मार्गहरू म लुकाउनेछैनँ। तपाईंहरू आफैँले यो कुरा देख्नुभएको छ भने। तर पनि तपाईंहरू यस्ता व्यर्थका कुराहरू गर्नुहुन्छ।

इयोब 27 पढ्नुहोस्