YouVersion लोगो
खोज आइकन

इजकिएल 5:5-9

इजकिएल 5:5-9 सरल नेपाली

सार्वभौम परमप्रभुले भन्‍नुभयो, “यरूशलेमलाई हेर्‌। सबै देशहरूलाई चारैपट्टि पारेर मैले यरूशलेमलाई जातिहरूको माझमा बसालेको छु। तर त्‍यसले मेरा आज्ञाहरूको विरोध गर्‍यो र अरू जातिहरूभन्दा बढी दुष्‍ट र चारैपट्टिका देशहरूभन्दा ज्‍यादै अनाज्ञाकारी भयो। यरूशलेमले मेरा आज्ञाहरू इन्‍कार गर्‍यो र मेरा नियमहरू अस्‍वीकार गर्‍यो। अब सुन्, ए यरूशलेम, म सार्वभौम परमप्रभुले तँलाई के भन्‍दै छु। मेरा नियमहरू नमानेर र मेरा आज्ञाहरू पालन नगरेर तेरा चारैपट्टिका जातिहरूभन्दा तँ ज्‍यादै विद्रोही भइस्। तँ पराई जातिका रीति-थितिमा चलिस्। यसकारण म सार्वभौम परमप्रभुले तँलाई भन्‍दै छु कि म तेरो विरुद्धमा छु। सबै जातिहरूका आँखाको सामुन्‍ने म तँलाई दण्‍ड दिनेछु। मेरो नजरमा तैँले सबै घिनलाग्‍दा कुराहरू गरेको हुनाले म तँलाई यस्‍तो दण्‍ड दिनेछु कि त्‍यस्‍तो अघि कहिल्‍यै दिएको थिएन र पछि पनि कहिल्‍यै दिनेछैनँ।

इजकिएल 5 पढ्नुहोस्