YouVersion लोगो
खोज आइकन

इजकिएल 5:5-9

इजकिएल 5:5-9 NNRV

“परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: यरूशलेम यही हो, जसलाई मैले जाति-जातिहरूको केन्‍द्रमा बसालेको छु, जसका चारैतिर देशहरू छन्‌। तापनि आफ्‍नो दुष्‍ट्याइँमा त्‍यसका चारैतिर भएका जाति-जाति र देशहरूभन्‍दा त्‍यो अझ बढ़ी मेरा नियमहरू र विधिहरूका विरुद्धमा बागी भएकी छ। त्‍यसले मेरा नियमहरूलाई इन्‍कार गरेकी छ, र मेरा विधिहरूमा हिँड़ेकी छैन। “यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: आफ्‍ना चारैतिरका जाति-जातिहरूभन्‍दा तिमीहरू अझ बढ़ी नियम पालन नगर्ने भएका छौ, र मेरा विधिहरूमा चलेका छैनौ, अथवा मेरा नियमहरू पालन गरेका छैनौ। तिमीहरूका चारैतिर भएका जातिहरूका चालबमोजिम पनि तिमीहरू चलेका छैनौ। “यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे यरूशलेम, म नै तेरो विरुद्धमा भएको छु। म स्‍वयम्‌ ती जातिहरूका सामुन्‍ने तँलाई दण्‍ड दिनेछु। म तेरा घिनलाग्‍दा देवताहरूको कारण तँलाई म यस्‍तो गर्नेछु, जो मैले अघि कहिल्‍यै गरेको थिइनँ र न फेरि कहिल्‍यै गर्नेछु।