इजकिएल 5
5
इजकिएलले आफ्नो कपाल खौरेका
1परमप्रभुले भन्नुभयो, “ए मरणशील मानिस, तैँले एउटा लाग्ने तरवार लिएर आफ्नो दाह्री र कपाल खौरी। त्यसपछि केश र दाह्री तराजुमा जोख् र तिनलाई तीन बराबर भागमा बाँड्। 2सहर घेरामा परेको समय शेष भएपछि एक भाग सहरभित्र जलाइदे। अर्को एक भाग सहरबाहिर चारैतिर तरवारले टुक्रा-टुक्रा पार्दै हिंड्। बाँकी एक भागचाहिँ हावामा उडाइदे र म आफ्नो तरवार लिएर तिनलाई खेद्नेछु। 3केही केश छुट्ट्याएर आफ्नो वस्त्रको किनारमा बाँधिराख्। 4तीबाट केही लिएर आगोमा जलाइदे। त्यसबाट निस्केको आगो सारा इस्राएल जातिमा फैलनेछ।”
5सार्वभौम परमप्रभुले भन्नुभयो, “यरूशलेमलाई हेर्। सबै देशहरूलाई चारैपट्टि पारेर मैले यरूशलेमलाई जातिहरूको माझमा बसालेको छु। 6तर त्यसले मेरा आज्ञाहरूको विरोध गर्यो र अरू जातिहरूभन्दा बढी दुष्ट र चारैपट्टिका देशहरूभन्दा ज्यादै अनाज्ञाकारी भयो। यरूशलेमले मेरा आज्ञाहरू इन्कार गर्यो र मेरा नियमहरू अस्वीकार गर्यो। 7अब सुन्, ए यरूशलेम, म सार्वभौम परमप्रभुले तँलाई के भन्दै छु। मेरा नियमहरू नमानेर र मेरा आज्ञाहरू पालन नगरेर तेरा चारैपट्टिका जातिहरूभन्दा तँ ज्यादै विद्रोही भइस्। तँ पराई जातिका रीति-थितिमा चलिस्। 8यसकारण म सार्वभौम परमप्रभुले तँलाई भन्दै छु कि म तेरो विरुद्धमा छु। सबै जातिहरूका आँखाको सामुन्ने म तँलाई दण्ड दिनेछु। 9मेरो नजरमा तैँले सबै घिनलाग्दा कुराहरू गरेको हुनाले म तँलाई यस्तो दण्ड दिनेछु कि त्यस्तो अघि कहिल्यै दिएको थिएन र पछि पनि कहिल्यै दिनेछैनँ। 10#विलाप 4:10त्यसैकारण यरूशलेमका आमा-बुबाहरूले आफ्ना छोरा-छोरीहरूको मासु खानेछन् र छोरा-छोरीहरूले आफ्ना आमाबुबाहरूको मासु खानेछन्। म तिमीहरूलाई दण्ड दिनेछु र बाँच्नेहरू जतिलाई चारैतिर छरपष्ट पार्नेछु।
11“म, सार्वभौम परमप्रभु जीवित परमेश्वर हुँ भन्ने स्वयम् साक्षी राखी भन्दछु, तिमीहरूले गरेका सबै दुष्ट कामहरू र घिनलाग्दा कुराहरूले मेरो मन्दिर अशुद्ध पारेको कारण म तिमीहरूलाई दया नदेखाई मार्नेछु। 12तिमीहरूका जातिको एक-तिहाइ मानिसहरू रुढी र अनिकालले सहरमा नै मर्नेछन्, एक-तिहाइ सहरबाहिर तरवारले काटिनेछन् र बाँकी एक तिहाइलाई म बतासमा उडाएर छरपष्ट पारिदिनेछु र तरवार लिएर तिनीहरूलाई खेद्नेछु।
13“मैले पूरा बदला लिएपछि मेरो रिस थामिनेछ र मेरो क्रोध शान्त हुनेछ। यी सबै भइसकेपछि म परमप्रभु तिमीहरूसित बोलेको छु भनी तिमीहरूलाई विश्वास हुनेछ किनभने तिमीहरूका धोकाबाजीले मलाई रिस उठाएको छ। 14म तिमीहरूलाई ध्वस्त पार्नेछु र तिम्रा चारैपट्टिका जातिहरूबाट कुनै व्यक्ति तिमीहरूको छेउबाट जाँदा त्यसले तिमीहरूको गिल्ला गर्नेछ।
15“जब मेरो रिस र क्रोध तिमीहरूमाथि खनिनेछ र म तिमीहरूलाई दण्ड दिनेछु, तब तिम्रा चारैतिरका जातिहरू तर्सनेछन्, तिनीहरूले तिमीहरूलाई घृणाका दृष्टिले हेर्नेछन् र तिमीहरूको निन्दा गर्नेछन्। 16म तिमीहरूको अन्न बन्द गर्नेछु र तिमीहरू अनिकालमा पर्नेछौ। तिमीहरूलाई नाश पार्न छोडेका तिखा काँडले लागेझैँ भोकको पीडाले तिमीहरू छट्पटाउनेछौ। 17#प्रकाश 6:8तिम्रा छोरा-छोरीहरूलाई नाश गर्न म अनिकाल र जङ्गली जनावरहरू पठाउनेछु र तिमीहरूलाई मार्न रुढी, हिंसा र लडाइँ पठाउनेछु। म परमप्रभुले बोलेको छु।”
अहिले सेलेक्ट गरिएको:
इजकिएल 5: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.