YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 6:1-13

प्रस्‍थान 6:1-13 सरल नेपाली

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “राजालाई म के गर्नेछु, अब तैँले देख्‍नेछस्। मेरो प्रजालाई छोडिदिन म त्‍यसलाई कर लाउनेछु। तिनीहरूलाई यस देशबाट खेदिपठाउन त्‍यसलाई कर लाग्‍नेछ।” परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म परमप्रभु हुँ। अब्राहाम, इसहाक र याकूबकहाँ म सर्वशक्तिमान्‌ परमेश्‍वर भएर देखा परें तर मेरो पवित्र नाम परमप्रभुले चाहिँ तिनीहरूकहाँ प्रकट भइँनँ। तिनीहरू परदेशी भएर बसेको यो कनान देश तिनीहरूलाई दिन्‍छु भनी करार गरेर मैले तिनीहरूसँग प्रतिज्ञा पनि गरेको थिएँ। मैले अब इस्राएलीहरूका दु:ख-विलाप सुनेको छु। मिश्रीहरूले तिनीहरूलाई दास-दासी बनाएका छन् र मैले आफ्‍नो करार सम्‍झेको छु। इस्राएलीहरूलाई भन्, ‘म परमप्रभु हुँ, म तिमीहरूको उद्धार गर्नेछु र मिश्रीहरूको दासत्‍वदेखि तिमीहरूलाई छुटाउनेछु। मेरो शक्तिशाली हात उचालेर म मिश्रीहरूलाई डरलाग्‍दो दण्‍ड दिनेछु र तिमीहरूलाई बचाउनेछु। म तिमीहरूलाई आफ्‍नो प्रजा बनाउनेछु र तिमीहरूका परमेश्‍वर हुनेछु। मिश्रको दासत्‍वदेखि तिमीहरूलाई छुटकारा दिएको बेलामा म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरू जान्‍नेछौ। जुन देश मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्‍छु भनी प्रतिज्ञा गरेको थिएँ, त्‍यस देशमा तिमीहरूलाई पुर्‍याउनेछु र त्‍यो देश तिमीहरूको अधीनमा दिनेछु। परमप्रभु म नै हुँ।” मोशाले इस्राएलीहरूलाई ती कुरा बताए; तर तिनीहरूले सुन्‍न मानेनन् किनभने कठोर दासत्‍वले तिनीहरूका मन मरिसकेको थियो। तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “जा, गएर मिश्रको राजालाई भन् कि त्‍यसले इस्राएलीहरूलाई त्‍यस देशबाट जान दिनैपर्छ।” तर मोशाले उत्तर दिए, “मेरा कुरा इस्राएलीहरूले सुन्‍दैनन्, झन् राजाले किन सुन्‍छन्? म त बोल्‍नै सक्‍दिनँ।” मोशा र हारूनलाई परमप्रभुले यस्‍तो आज्ञा गर्नुभयो, “इस्राएलीहरू र मिश्रको राजालाई भन् कि मैले तिमीहरूलाई मिश्रदेखि इस्राएलीहरूलाई निकाली लैजाने आज्ञा दिएको छु।”

प्रस्‍थान 6 पढ्नुहोस्