YouVersion लोगो
खोज आइकन

प्रेरित 7:2-8

प्रेरित 7:2-8 सरल नेपाली

स्‍तिफनसले जवाफ दिँदै भने, “हे मेरा दाजुभाइ र बुबाहरू हो, मैले भनेको सुनिदिनु होला– हाम्रा पुर्खा अब्राहाम हारान भन्‍ने ठाउँमा जानुभन्दा अघि मेसोपोटामिया भन्‍ने देशमा बस्‍थे। त्‍यहीँ उनलाई ठूलो महिमामा बास गर्नुहुने परमेश्‍वरले दर्शन दिनुभयो। परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, ‘आफ्‍नो देश र कुटुम्‍बलाई छोड् अनि मैले तँलाई देखाउने देशमा जा’। त्‍यसो हुँदा अब्राहाम कल्‍दीहरूको देशबाट निक्‍लेर हारानमा गए र त्‍यहीँ बसे। तिनका बुबा मरेपछि परमेश्‍वरले तिनलाई तपाईंहरू अहिले बस्‍नुभएको यही देशमा ल्‍याउनुभयो। त्‍यस बेला परमेश्‍वरले अब्राहामलाई यस देशमा आफ्‍नो पाइलो राख्‍नेसम्‍म जमिन पनि दिनुभएन। तर परमेश्‍वरले ‘यो देश तँ र तेरा सन्‍तानलाई दिनेछु’ भनेर प्रतिज्ञा गर्नुभयो। यो प्रतिज्ञा गर्नुहुँदा अब्राहामका छोरा-छोरी नै भएका थिएनन्। परमेश्‍वरले अब्राहामलाई अझै भन्‍नुभयो, ‘तेरा सन्‍तानहरू विदेशमा गएर बस्‍नेछन्। त्‍यहाँका मानिसहरूले तिनीहरूलाई कमारा बनाउनेछन् र चार सय वर्षसम्‍म ठूलो दु:ख दिनेछन्। तर तिनीहरूलाई कमारो बनाउने मानिसहरूलाई म दण्‍ड दिनेछु। त्‍यसपछि तिनीहरू त्‍यस देशबाट निक्‍लनेछन् र यहाँ आएर मेरो सेवा र आराधना गर्नेछन्’। “अनि परमेश्‍वरले अब्राहामसँग वाचा बाँध्‍नुभयो र त्‍यस वाचाको सम्‍झना गराउनका लागि शरीरमा खतना गर्ने आज्ञा दिनुभयो। त्‍यसपछि अब्राहामका छोरा इसहाकको जन्‍म भयो। अब्राहामले आफ्‍नो छोरालाई जन्‍मेको आठौँ दिनमा खतना गरिदिए। इसहाकले आफ्‍नो छोरा याकूबलाई अनि याकूबले पनि आफ्‍ना बाह्रै छोराहरूलाई शरीरको खतना गरिदिए। अब यिनीहरू नै हाम्रा बाह्र कुलका पुर्खा हुन आएका हुन्।

प्रेरित 7 पढ्नुहोस्

Video for प्रेरित 7:2-8