YouVersion लोगो
खोज आइकन

प्रेरित 7:2-8

प्रेरित 7:2-8 NNRV

तिनले भने, “दाजुभाइ र बुबा हो, सुन्‍नुहोस्‌। महिमाका परमेश्‍वरले हाम्रा पितामह अब्राहामलाई तिनी हारानमा बस्‍न अघि मेसोपोटामियामा छँदा दर्शन दिनुभएको थियो, र तिनलाई भन्‍नुभएको थियो, ‘तिमी आफ्‍नो देश र आफ्‍ना कुटुम्‍बबाट निस्‍केर, जुन देश म तिमीलाई देखाउँछु, त्‍यहाँ जाऊ।’ “तब तिनी कल्‍दीहरूको देशबाट निस्‍केर हारानमा आएर बसे, र तिनका पिताको मृत्‍यु भएपछि परमेश्‍वरले तिनलाई त्‍यहाँबाट यस मुलुकमा सार्नुभयो, जहाँ अहिले तपाईंहरू वास गर्नुहुन्‍छ। तिनलाई त्‍यस ठाउँमा जायजात त परै जाओस्, पाइला राख्‍ने ठाउँसम्‍म पनि दिनुभएन। तर तिनको सन्‍तान नभए तापनि त्‍यो जायजात परमेश्‍वरले तिनका सन्‍तान-दरसन्‍तानलाई निजी सम्‍पत्तिको रूपमा दिने प्रतिज्ञा गर्नुभयो। परमेश्‍वरले यसरी भन्‍नुभयो, ‘तेरा सन्‍तान अर्काको मुलुकमा गएर बस्‍नुपर्नेछ, र उनीहरूले तिनीहरूलाई कमारा तुल्‍याएर चार सय वर्षसम्‍म थिचोमिचो गरी राख्‍नेछन्‌।’ परमेश्‍वरले भन्‍नुभयो ‘तर तिनीहरू जुन जातिका कमारा भएर बस्‍नेछन्‌ त्‍यस जातिको इन्‍साफ म गर्नेछु। त्‍यसपछि तिनीहरू निस्‍किआएर यसै ठाउँमा मेरो आराधना गर्नेछन्‌।’ उहाँले तिनीसँग खतनाको करार बाँध्‍नुभयो, र अब्राहाम इसहाकका पिता भएर आठौँ दिनमा इसहाकको खतना गरे। इसहाक याकूबका पिता भए, र याकूब बाह्रै कुलका पिता भए।

Video for प्रेरित 7:2-8