त्यसपछि अग्रिपासले पावललाई भने, “अब तिमीलाई आफ्नो पक्षमा बोल्ने अनुमति छ।” पावलले पनि हात फैलाएर आफ्नो बचाउमा यसरी बोल्न थाले– “हे राजा अग्रिपास, यहूदीहरूले मलाई दोष लगाएको कुराको बारेमा मैले आज आफ्नो कुरा हजुरकै अगाडि भन्न पाएकोमा म आफूलाई भाग्यमानी सम्झन्छु। हजुरलाई यहूदीहरूको चालचलन, रीतिरिवाज र तर्कवितर्क गर्ने कुराको बारेमा राम्ररी थाहा भएको हुनाले म आफूलाई झन् भाग्यमानी ठान्दछु। त्यसो हुँदा अब हजुरसँग बिन्ती चढाउँछु, मेरो कुरा धीरज राखेर सुनिदिनुहोला। “म आफ्नो देशमा अनि यरूशलेम सहरमा यहूदी जातिको बीचमा नै हुर्किएँ। त्यसो हुँदा यहूदीहरूले मलाई बालककालदेखि नै राम्ररी चिन्दछन्। पहिले म फरिसी भन्ने कट्टर धार्मिक समूहको मानिस थिएँ, त्यही कट्टर धर्मको जीवन बिताउँथें। यदि तिनीहरूले चाहे भने यो कुरा आफैंले पनि भन्न सक्छन्। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई गर्नुभएको प्रतिज्ञामा नै भरोसा राखेकोले मैले आज यसरी हजुरहरूको सामुन्ने उभिनुपरेको छ। हे राजा अग्रिपास, त्यही प्रतिज्ञा पाउने आशामा हाम्रा बाह्र कुलहरूले पनि दिनरात एक चित्तले परमेश्वरलाई पूजा र भक्ति चढाइरहेका हुन्। मैले पनि त्यही आशा राखेकोले यहूदीहरूले मलाई दोष लगाएका हुन्। परमेश्वरले मरेकाहरूलाई बिउँताउनुहुन्छ भन्ने कुरामा तपाईंहरू किन विश्वास गर्न सक्नुहुन्न? “हुन त, मैले पनि सकेसम्म नासरतको येशूको विरोध गर्नुपर्छ भन्ने सम्झेको थिएँ। यरूशलेममा त्यस्तै विरोध गरें। मैले मुख्य पूजाहारीहरूबाट अधिकार पाएर प्रभु येशूमा विश्वास गर्ने धेरै पवित्र जनहरूलाई थुनाएँ र उनीहरूलाई मार्ने काममा समेत सहायता गरें। धेरैपल्ट मैले उनीहरूलाई ‘अबदेखि नासरतको येशूमा विश्वास गर्दिनँ’ भन्ने पार्नलाई सभाघरहरूमा जबरदस्ती गरेर सजाय दिन लगाएँ। म उनीहरूदेखि रिसले यति साह्रो आगो भएको थिएँ कि अरू देशका सहरहरूमा पनि गएर मैले उनीहरूलाई सताउन थालें।
प्रेरित 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 26:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू