केही समयपछि अहीतोपेलले अब्शालोमलाई भने, “मलाई बाह्र हजार मानिसहरू चुन्ने अनुमति दिनुहोस् र म आज राती नै दाऊदलाई खोज्न जानेछु। थाकेर निराश भएको बेलामा म उनलाई हमला गर्नेछु। उनी डराउनेछन् र उनका मानिसहरू भाग्नेछन्। म राजालाई मात्र मार्नेछु र उनीसँग लागेका सबै मानिसहरूलाई दुलही आफ्ना दुलहाकहाँ आएझैँ तिमीकहाँ लिइआउनेछु। तपाईंले एउटा मात्र मानिस मार्नुपर्नेछ। बाँकी मानिसहरूलाई कुशल छोड्नुपर्नेछ, केही डर हुनेछैन।” यो सल्लाह अब्शालोम र सबै इस्राएलीहरूलाई असल लाग्यो। अब्शालोमले भने, “अब हूशैलाई बोलाऊ। उसको के भन्नुछ, हामी सुनौं।” हूशै आइपुगेपछि अब्शालोमले उनलाई भने, “अहीतोपेलले हामीलाई यस्तो सल्लाह दिएका छन्। हामी त्यसो गरौं कि नगरौं? उसले भनेअनुसार नगर्ने हो भने कसो गर्ने त? तिमीले हामीलाई बताऊ।” हूशैले उत्तर दिए, “यसपालि अहीतोपेलले तपाईंलाई दिएको सल्लाह ठीक छैन। तपाईं भन्नुहुन्छ कि तपाईंका बुबा दाऊद र तिनका सैनिकहरू शूरवीर लडाकुहरू छन्। तिनीहरू आफ्ना छाउरा खोसिएकी माउ भालुजस्ता डरलाग्दा भएका छन्। तपाईंको बुबा अनुभवी योद्धा हुन्। राती उनी आफ्ना मानिसहरूसित सुत्दैनन्। यति बेला उनी गुफा वा अन्य कुनै स्थानमा लुकेका होलान्। दाऊदले तपाईंको सेनालाई हमला गर्ने बित्तिकै त्यो कुरा सुन्नेहरूले तपाईंको सेना सखाप भए भन्नेछन्। तब सिंहजस्ता निडर र साहसी पुरुषहरू पनि डराउनेछन् किनभने इस्राएलमा बास गर्ने हरेक व्यक्तिले जान्दछ कि तपाईंका बुबा महान् योद्धा र उनका सैनिकहरू शूरवीर लडाकुहरू हुन्। मेरो त यो सल्लाह छ कि देशको उत्तरमा दानदेखि दक्षिणमा बेर्शेबाको छेउसम्म भएका सबै इस्राएलीहरूलाई एकसाथ भेला गर्नुहोस्। तिनीहरू समुद्रका किनारको बालुवाझैँ असङ्ख्य हुनेछन्, तपाईं आफैंले लडाइँमा तिनीहरूको अगुवाइ गर्नुहोस्। दाऊद जहाँ भए पनि हामी उनलाई भेट्टाई निकाल्नेछौं र त्यहाँ के हुँदै छ, सो थाहा पाउनुअघि नै हामीले उनीमाथि आक्रमण गर्नेछौं। तिनी र तिनका मानिसहरू कोही पनि बाँच्नेछैनन्। उनी बचाउको लागि सहरभित्र पसे भने हाम्रा मानिसहरूले डोरी ल्याउनेछन् र सहरलाई नै बाँधेर तानी तल बेसीमा खसाल्नेछन्। डाँडामाथि एउटै ढुङ्गो पनि रहनेछैन।” अब्शालोम र सबै इस्राएलीहरूले भने, “हूशैको सल्लाह अहीतोपेलको भन्दा असल छ।” अहीतोपेलको असल सल्लाह अस्वीकार गराएर अब्शालोमको विनाश गराउने निर्णय परमप्रभुले गरिसक्नुभएको थियो।
२ शमूएल 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 17:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू