YouVersion लोगो
खोज आइकन

२ इतिहास 32:16-19

२ इतिहास 32:16-19 सरल नेपाली

अश्‍शूरी अधिकृतहरूले परमप्रभु परमेश्‍वर र उहाँका सेवक हिजकियाबारे अझ नराम्रा कुराहरू भने। महाराजाले लेखेका चिट्ठीले परमप्रभु इस्राएलका परमेश्‍वरको अपमान भएको थियो। त्‍यसमा “जाति-जातिका देवताहरूले मेरो शक्तिबाट आफ्‍ना प्रजालाई बचाएका छैनन् न त हिजकियाका परमेश्‍वरले नै मबाट आफ्‍ना प्रजालाई बचाउन सक्‍नेछन्,” भनी लेखिएको थियो। सहरका पर्खालमा उभेका यरूशलेमका बासिन्‍दाहरूलाई तर्साउन र हताश गराउन ती अधिकृतहरूले यो कुरा हिब्रू भाषामा कराई-कराई सुनाए। त्‍यसरी तिनीहरूले यरूशलेम सजिलैसित कब्‍जा गर्न खोज्‍थे। यरूशलेमका परमेश्‍वरबारे पनि तिनीहरूले त्‍यसरी नै भने, जसरी अरू जातिहरूका देवताहरूबारे भन्‍थे। ती देवताहरू मानिसहरूका हातले बनाएका मूर्तिहरू मात्र थिए।

२ इतिहास 32 पढ्नुहोस्