सनहेरीबका अधिकृतहरूले परमप्रभु परमेश्वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै ज्यादा भने। राजा आफैले यसो भनेर परमप्रभु इस्राएलका परमेश्वरलाई तुच्छ ठानेर पत्रहरू लेखे: “जसरी अरू देशका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेनन्, त्यसरी नै हिजकियाका ईश्वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्नेछैनन्।” तब उनीहरूले सहर कब्जा गर्नलाई यरूशलेमको पर्खालमा उभिने मानिसहरूलाई हिब्रू भाषामा डर र त्रासले आतङ्क पार्न चर्को सोरमा नारा लाए। मानिसका हातले बनाएका पृथ्वीका अरू मानिसहरूका देवताहरूलाई गरेझैँ उनीहरूले यरूशलेमका परमेश्वरलाई निन्दा गरे।
२ इतिहास 32 पढ्नुहोस्
सुन्नुहोस् २ इतिहास 32
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 32:16-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू