YouVersion लोगो
खोज आइकन

इतिहासको दोस्रो पुस्तक 32:16-19

इतिहासको दोस्रो पुस्तक 32:16-19 NERV

अश्शूरका राजाका अधिकारीहरूले परमप्रभु परमेश्वरको विरूद्ध अनि परमेश्वरका सेवक हिजकियाहको विरूद्ध अत्यन्त नराम्रा कुराहरू भने। अश्शूरका राजाले पत्रहरू पनि लेखे जसमा परमप्रभु इस्राएलका परमेश्वरको अपमान गरिएको थियो। यी शब्दहरू अश्शूरका राजाद्वारा पत्रहरूमा भनेको थिएः “अन्य राष्ट्रहरूका देवताहरूले तिनीहरूका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न सकेनन्। यस्तै प्रकारले हिजकियाहका परमेश्वरले उहाँका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न समर्थ हुने छैनन्।” तब अश्शूरका राजाका अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई जोडले कराए जो शहरका पर्खालमा थिए। ती अधिकारीले हिब्रू भाषा प्रयोग। गरे जब तिनीहरू माथि भएका मानिसहरू प्रति कराए। अश्शूरका राजाका ती अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई भयभीत तुल्याउन भनी यसो गरे। तिनीहरूले ती कुराहरू भने जसद्वारा तिनीहरू यरूशलेम शहरलाई कब्जा गर्न सकुन्। ती अधिकारीहरूले संसारका मानिसहरूले पूजा गर्ने देवताहरूको विरूद्ध नराम्रा कुराहरू भने। ती देवताहरू केवल मानिसहरूले अफ्ना हातहरूद्वारा बनाएका कुराहरू हुन्। त्यही प्रकारले, ती अधिकारीहरूले त्यस्तै नराम्रा कुराहरू यरूशलेमका परमेश्वरको विरूद्ध भने।