YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 38:15-22

भजनसंग्रह 38:15-22 NNRV

हे परमप्रभु, म तपाईंको प्रतीक्षा गर्छु, हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले जवाफ दिनुहुनेछ। किनकि मैले भनें, “तिनीहरूले मेरो उपहास गर्न नपाऊन्‌, मेरो गोडा चिप्‍लँदा तिनीहरूले घमण्‍ड गर्न नपाऊन्‌।” किनकि म त ढल्‍नै लागेको छु, र मेरो पीडा सधैँ मसँगै छ। म मेरो अधर्म स्‍वीकार गर्दछु, मेरो पापको निम्‍ति म दु:खित छु। धेरै मेरा शत्रुहरू छन्‌ जो शक्तिशाली छन्‌, विनाकारण मलाई घृणा गर्नेहरू धेरै छन्‌। भलाइको साटो मलाई खराबी गर्नेहरूले, मचाहिँ भलाइको पछि लाग्‍दा मेरो निन्‍दा गर्छन्‌। हे परमप्रभु, मलाई नत्‍याग्‍नुहोस्‌। हे मेरा परमेश्‍वर, मबाट टाढ़ा नहुनुहोस्‌। हे परमप्रभु मेरा उद्धारक, मलाई सहायता गर्न चाँड़ै आउनुहोस्‌।