YouVersion लोगो
खोज आइकन

लूका 1:46-50

लूका 1:46-50 NNRV

अनि मरियमले भनिन्, “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ, र मेरो आत्‍मा मेरा मुक्तिदाता परमेश्‍वरमा रमाहट गर्दछ। किनकि उहाँले आफ्‍नी दासीको दीनतामा कृपा-दृष्‍टि गर्नुभएको छ, हेर, अब उप्रान्‍त सबै पुस्‍ताले मलाई धन्‍यकी भन्‍नेछन्‌। किनभने उहाँ, जो शक्तिशाली हुनुहुन्‍छ, उहाँले मेरो निम्‍ति महान्‌ काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ। उहाँको भय मान्‍नेहरूमाथि उहाँको कृपा पुस्‍तादेखि पुस्‍तासम्‍म रहनेछ।