लूका 1:46-50
लूका 1:46-50 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि मरियमले भनिन्, “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ, र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ। किनकि उहाँले आफ्नी दासीको दीनतामा कृपा-दृष्टि गर्नुभएको छ, हेर, अब उप्रान्त सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्। किनभने उहाँ, जो शक्तिशाली हुनुहुन्छ, उहाँले मेरो निम्ति महान् काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ। उहाँको भय मान्नेहरूमाथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहनेछ।
लूका 1:46-50 नेपाली समकालीन संस्करण (NCV)
अनि मरियमले भनिन्: “मेरो प्राणले प्रभुको प्रशंसा गर्दछ, र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ। किनकि उहाँले आफ्नो सेविकाको दीन अवस्थाको विचार गर्नुभएको छ; अबदेखि सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्, किनकि सर्वशक्तिमानले मेरो निम्ति महान् काम गर्नुभएको छ: उहाँको नाउँ पवित्र होस्। उहाँको करुणा उहाँको भय मान्नेहरूको निम्ति पुस्तादेखि पुस्तासम्म रहिरहन्छ।
लूका 1:46-50 पवित्र बाइबल (NERV)
त्यसपछि मरियमले भनिन्, “मेरो आत्माले परमप्रभुको प्रशंसा गर्दछ, अनि मेरो हृदय परमेश्वरमा आनन्दित हुँदछ जो मेरा मुक्तिदाता हुनुहुन्छ। किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो। अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्, किनभने सर्वशक्तिमान परमेश्वरले मेरो निम्ति ठूला कार्याहरू गर्नुभएको छ। उहाँको नाउँ पवित्र होस्। जसले परमेश्वरलाई उपासना गर्छ, उसको पुस्तौं सम्म उहाँ दयालु हुनुहुन्छ।
लूका 1:46-50 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अनि मरियमले भनिन्, “म मेरो हृदयदेखि नै प्रभु परमेश्वरको प्रशंसा गर्छु र मेरो आत्मा मलाई मुक्ति दिनुहुने परमेश्वरसँग रमाउँछ किनभने उहाँले मजस्तो तुच्छ दासीलाई पनि दया गर्नुभयो। अबदेखि उसो मानिसहरूले मलाई धन्य भन्नेछन्। शक्तिशाली परमेश्वरले मेरो लागि एउटा ठूलो काम गरिदिनुभएको छ। परमेश्वरको नाउँ पवित्र छ र उहाँको डर राख्नेहरूमाथि उहाँले पुस्तौं-पुस्तासम्म दया गर्नुहुन्छ।