YouVersion लोगो
खोज आइकन

यहोशू 21:20-45

यहोशू 21:20-45 NNRV

लेवीका कुलका कहातीका बाँकी वंशहरूले चाहिँ एफ्राइमका कुलको भागबाट यी सहरहरू पाए: तिनीहरूले उनीहरूलाई, एफ्राइमको पहाड़ी देशमा ज्‍यानमाराको निम्‍ति शरण-नगर नियुक्त भएको शकेम, त्‍यसका चरनसमेत, र गेजेर, किब्‍सैम, बेथ-होरोन, तिनका चरनहरूसमेत— चार सहरहरू दिए। दानको कुलबाट तिनीहरूले एल्‍तके, गिब्‍बतोन, अय्‍यालोन, गात-रिम्‍मोन, तिनका चरनहरूसमेत चार सहरहरू पाए। मनश्‍शेको आधा कुलबाट तिनीहरूले तानाक र गात-रिम्‍मोन, तिनका चरनहरूसमेत— दुई सहरहरू पाए। कहातीका बाँकी वंशका जम्‍मा दश सहरहरू तिनका चरनहरूसमेत थिए। गेर्शोनीका लेवीका वंशहरूलाई: मनश्‍शेको आधा कुलबाट बाशानमा ज्‍यानमाराको निम्‍ति शरण-नगर नियुक्त भएको गोलान, त्‍यसका चरनसमेत, र बे-एश्‍तरा, त्‍यसका चरनसमेत— दुई सहरहरू दिइयो। इस्‍साखारको कुलबाट किश्‍योन, दाबरत, यर्मूत र एन-गन्‍नीम, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो। आशेरको कुलबाट मिशाल, अब्‍दोन, हेल्‍कत र रहोब, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो। नप्‍तालीको कुलबाट गालीलमा ज्‍यानमाराको निम्‍ति शरण-नगर नियुक्त भएको केदेश, त्‍यसका चरनसमेत, र हम्‍मोत-डोर र कर्तान, तिनका चरनहरूसमेत— तीन सहरहरू दिइयो। तिनीहरूका वंशअनुसार गेर्शोनीहरूका जम्‍मा तेह्र सहरहरू, तिनका चरनहरूसमेत थिए। लेवीहरूका बाँकी मरारीका वंशहरूलाई चाहिँ: जबूलूनको कुलबाट योक्‍नाम, कर्तह, दिम्‍ना र नहलल, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो। रूबेनको कुलबाट बेसेर, यहसा, कदेमोत र मेपात, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो। गादको कुलबाट गिलादमा ज्‍यानमाराको निम्‍ति शरण-नगर नियुक्त भएको रामोत, त्‍यसका चरनसमेत, र महनोम, हेश्‍बोन र याजेर, तिनका चरनहरूसमेत— जम्‍मा चार सहरहरू दिइयो। तिनीहरूका वंशअनुसार लेवीका बाँकी मरारीका जम्‍मा बाह्र सहरहरू, तिनका चरनहरूसमेत थिए। इस्राएली अधिकारमा रहेको भूभागभित्र लेवीहरूका चरनसहित जम्‍मा अठचालीस वटा सहरहरू थिए। यी सहरहरूका आ-आफ्‍ना वरिपरि चरनहरू थिए। सबै सहरहरू यही किसिमका थिए। यसरी परमप्रभुले इस्राएलीहरूलाई दिन्‍छु भनी तिनीहरूका पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो, र तिनीहरूले त्‍यो आफ्‍नो अधिकारमा लिएर त्‍यसमा बसे। अनि परमप्रभुले तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएबमोजिम, तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो। तिनीहरूका सबै शत्रुहरूमध्‍ये एक जना पनि तिनीहरूका सामुन्‍ने खड़ा हुन सकेन। परमप्रभुले तिनीहरूका शत्रुहरूलाई तिनीहरूकै हातमा सुम्‍पिदिनुभयो। परमप्रभुले जति उत्तम प्रणहरू इस्राएलीहरूलाई गर्नुभएको थियो, तिनीहरूमा एक पनि घटी भएन, सबै पूरा भए।