कहात वंशका अन्य मानिसहरूलाई ती शहरहरू प्रदान गरिए जो एप्रैम कुल समूहका क्षेत्रमा थिए। तिनीहरूले यी शहरहरू पाए। एप्रैमको पहाडी देशका शकेम शहर। (शकेम एक शरण स्थान शहर थियो।) तिनीहरूले गेजेर, किब्सैम अनि बेथहोरोन पनि प्राप्त गरे। एप्रैमले तिनीहरूलाई चार शहरहरू अनि प्रत्येक शहर वरिपरिका केही भूमि तिनीहरूका पशुहरूका निम्ति दिए। दानको कुल समूहले तिनीहरूलाई एल्तके, गिब्बतौन, अय्यालोन अनि गात-रिम्मोन दिए। दानले तिनीहरूलाई चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए। मनश्शेको आधा कुल समूहले तिनीहरूलाई तानाक र गत्रिम्मोन दिए। यो मनश्शेको आधा कुल समूहले तिनीहरूलाई दुइ शहर अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए। कहात कुलका बाँकी मानिसहरूले जम्मा दश शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए। गेर्शोन कुल पनि लेवी कुल समूहमा थिए। तिनीहरूले यी शहरहरू पाएः मनश्शेका आधा कुल समूहले तिनीहरूलाई बाशानको गोलन दिए। (गोलन शरणस्थान-शहर थियो।) मनश्शेले तिनीहरूलाई बेश्तरा पनि दिए। यो मनश्शेको आधा कुल समूहले जम्मा दुइ शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए। इस्साकार कुलसमूहले तिनीहरूलाई किश्योन, दाबरत, यर्मत अनि एन्गन्नीम दिए। इस्साकारले जम्मा चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि तिनीहरूलाई दिए। आशेरका कुल समूहले तिनीहरूलाई मिशाल, अब्दोन, हेल्कात, अनि रहोब दिए। जम्मा आशेरले तिनीहरूलाई चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए। नप्ताली कुल समूहले तिनीहरूलाई गालीलको केदेश दिए। (केदेश शरणस्थान-शहर थियो।) नप्तालीले तिनीहरूलाई हम्मोत्दर अनि कर्तान पनि दिए। नप्तालीले जम्मा तीन शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए। गेर्शोन कुलले जम्मा तेह्र शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए। अन्य लेवीसमूह मरारी कुलका थिए। मरारी कुलले यी शहरहरू पाएः जबूलूनका कुल समूहले तिनीहरूलाई योक्नाम, कर्ता, दिम्ना, अनि नहलाल दिए। जबूलूनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए। रूबेन कुल समूहले तिनीहरूलाई बेसेर, यहसा, कदेमोत, अनि मेपात दिए। रूबेनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए। गाद कुल समूहले तिनीहरूलाई गिलादको रामोत दिए। (रामोत शरणस्थन-शहर थियो।) तिनीहरूले महनैम, हेस्बोन अनि याजेर पनि तिनीहरूलाई दिए। तिनीहरूलाई गादले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए। यसरी, अन्तिम लेवी कुलले जम्मा बाह्र शहरहरू प्राप्त गरे। यसरी लेवीहरूले जम्मा अठचालीस शहरहरू अनि आफ्ना पशुहरूका निम्ति हरेक शहर वरिपरिका केही भूमि प्राप्त गरे। यी सबै शहरहरू ती इलाकामा थिए जो अन्य कुल समूहहरूका थिए। यी प्रत्येक शहरमा आफ्ना पशुहरूका निम्ति केही भूमि थियो। प्रत्येक शहरका निम्ति त्यो प्रकृत थियो। यसरी परमप्रभुले प्रतिज्ञा गर्नु भयो जो उहाँले इस्राएलका मानिसहरूलाई दिनु भन्नुभएको थियो। उहाँले मानिसहरूलाई सबै भूमि दिनुभयो जो उहाँले प्रतिज्ञा गर्नु भएको थियो। मानिसहरूले भूमि लिए अनि त्यहाँ बसे। अनि परमप्रभुले तिनीहरूलाई, उहाँले तिनीहरूका अगुवाहरूसित प्रतिज्ञा गर्नु भए जस्तै, आफ्नो भूमिका चारैतिर शान्ति प्रदान गर्नदिनु भयो। तिनीहरूका कुनै पनि शत्रुहरूले तिनीहरूलाई परास्त गरेनन्। परमप्रभुले इस्राएलका मानिसहरूलाई हरेक शत्रुलाई परास्त गर्न दिनुभयो। परमप्रभुले हरेक प्रतिज्ञा पूर्ण गर्नुभयो जो उहाँले इस्राएलका मानिसहरू प्रति गर्नु भएको थियो। त्यहाँ कुनै पनि प्रतिज्ञाहरू बाँकी रहेनन् जसलाई पूर्णगर्न चुक्नु भयो। प्रत्येक प्रतिज्ञा सत्य हुन आयो।
यहोशूको पुस्तक 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशूको पुस्तक 21:20-45
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू