यहोशू 21:20-45
यहोशू 21:20-45 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अरू कहात-वंशी लेवी परिवारहरूले एफ्राइमका इलाकाबाट केही सहरहरू पाए। तिनीहरूलाई चार सहर दिइयो, एफ्राइमका पहाडी देशमा शकेम (एउटा ज्यानमाराको शरणस्थल) र त्यसका चरनहरू, गेजेर, किब्सैम र बेथ-होरोन र तिनमा भएका चरनहरू। दान कुलका इलाकाबाट तिनीहरूले चार सहरहरू, एल्तके, गिब्बतोन, अय्यालोन र गात-रिम्मोन तिनका चरनहरूसहित पाए। पश्चिमी मनश्शे कुलका इलाकाबाट दुई सहरहरू तानाक र गात-रिम्मोन चरनहरूसहित तिनीहरूलाई दिइयो। कहातका वंशका यी परिवारहरूले जम्मा दश सहरहरू तिनका चरनहरूसहित पाए। गेर्शोनका वंशका लेवीहरूको अर्को दलले पूर्वी मनश्शे कुलका इलाकाबाट दुई सहरहरू बाशानका गोलान (एउटा शरणस्थल) र बे-एश्तरा तिनीहरूका चरनहरूसहित पाए। इस्साखारका इलाकाबाट तिनीहरूले चार सहरहरू किश्योन, दाबरत, यर्मूत र एन-गन्नीम तिनीहरूका चरनहरूसहित पाए। आशेरका इलाकाबाट तिनीहरूले चार सहरहरू मिशाल, अब्दोन, हेल्कत र रहोब तिनीहरूका चरनहरूसहित पाए। नप्तालीका इलाकाबाट तीन सहरहरू गालीलमा केदेश (एउटा शरणस्थल) त्यसका चरनहरूसहित हम्मोत-डोर र कर्तान तिनका चरनहरूसहित तिनीहरूले पाए। गेर्शोन वंशका भिन्न-भिन्न परिवारहरूले जम्मा तेह्र सहरहरू तिनीहरूका चरनहरूसहित पाए। बाँकी लेवीहरूले, जो मरारी वंशका थिए, जबूलूनका इलाकाबाट चार सहरहरू योक्नाम, कर्तह, दिम्ना र नहलल चरनहरूसहित पाए। रूबेनका इलाकाबाट तिनीहरूले चार सहरहरू बेसेर, यहसा, कदेमोत र मेपात चरनहरूसहित पाए। गाद कुलबाट तिनीहरूले चार सहरहरू गिलादका रामोत (शरणस्थलमध्ये एउटा) त्यसका चरनहरूसहित र महनोम, हेश्बोन र याजेर चरनहरूसहित पाए। यसरी मरारीका वंशले जम्मा बाह्र सहरहरू पाए। इस्राएलका मानिसहरूका अधिकारमा परेका देशबाट जम्मा अठ्चालीस सहरहरू तिनका चरनहरू सहित लेवीहरूले पाए। यसरी परमप्रभुले इस्राएललाई उहाँले तिनका पुर्खाहरूलाई दिन्छु भनी गम्भीर प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो। त्यो अधीनमा लिएपछि तिनीहरू त्यहाँ बसोबास गर्न थाले। परमप्रभुले सारा देशभरि तिनीहरूलाई शान्ति दिनुभयो। उहाँले तिनका पुर्खाहरूसित त्यस्तै प्रतिज्ञा गर्नुभएको थियो। तिनीहरूको एउटै शत्रु पनि तिनको अघि खडा हुन सकेन किनभने परमप्रभुले इस्राएलीहरूलाई तिनका सबै शत्रुहरूमाथि विजय दिनुभयो। इस्राएलका मानिसहरूसित गर्नुभएको प्रत्येक प्रतिज्ञा परमप्रभुले पूरा गर्नुभयो।
यहोशू 21:20-45 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
लेवीका कुलका कहातीका बाँकी वंशहरूले चाहिँ एफ्राइमका कुलको भागबाट यी सहरहरू पाए: तिनीहरूले उनीहरूलाई, एफ्राइमको पहाड़ी देशमा ज्यानमाराको निम्ति शरण-नगर नियुक्त भएको शकेम, त्यसका चरनसमेत, र गेजेर, किब्सैम, बेथ-होरोन, तिनका चरनहरूसमेत— चार सहरहरू दिए। दानको कुलबाट तिनीहरूले एल्तके, गिब्बतोन, अय्यालोन, गात-रिम्मोन, तिनका चरनहरूसमेत चार सहरहरू पाए। मनश्शेको आधा कुलबाट तिनीहरूले तानाक र गात-रिम्मोन, तिनका चरनहरूसमेत— दुई सहरहरू पाए। कहातीका बाँकी वंशका जम्मा दश सहरहरू तिनका चरनहरूसमेत थिए। गेर्शोनीका लेवीका वंशहरूलाई: मनश्शेको आधा कुलबाट बाशानमा ज्यानमाराको निम्ति शरण-नगर नियुक्त भएको गोलान, त्यसका चरनसमेत, र बे-एश्तरा, त्यसका चरनसमेत— दुई सहरहरू दिइयो। इस्साखारको कुलबाट किश्योन, दाबरत, यर्मूत र एन-गन्नीम, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो। आशेरको कुलबाट मिशाल, अब्दोन, हेल्कत र रहोब, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो। नप्तालीको कुलबाट गालीलमा ज्यानमाराको निम्ति शरण-नगर नियुक्त भएको केदेश, त्यसका चरनसमेत, र हम्मोत-डोर र कर्तान, तिनका चरनहरूसमेत— तीन सहरहरू दिइयो। तिनीहरूका वंशअनुसार गेर्शोनीहरूका जम्मा तेह्र सहरहरू, तिनका चरनहरूसमेत थिए। लेवीहरूका बाँकी मरारीका वंशहरूलाई चाहिँ: जबूलूनको कुलबाट योक्नाम, कर्तह, दिम्ना र नहलल, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो। रूबेनको कुलबाट बेसेर, यहसा, कदेमोत र मेपात, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो। गादको कुलबाट गिलादमा ज्यानमाराको निम्ति शरण-नगर नियुक्त भएको रामोत, त्यसका चरनसमेत, र महनोम, हेश्बोन र याजेर, तिनका चरनहरूसमेत— जम्मा चार सहरहरू दिइयो। तिनीहरूका वंशअनुसार लेवीका बाँकी मरारीका जम्मा बाह्र सहरहरू, तिनका चरनहरूसमेत थिए। इस्राएली अधिकारमा रहेको भूभागभित्र लेवीहरूका चरनसहित जम्मा अठचालीस वटा सहरहरू थिए। यी सहरहरूका आ-आफ्ना वरिपरि चरनहरू थिए। सबै सहरहरू यही किसिमका थिए। यसरी परमप्रभुले इस्राएलीहरूलाई दिन्छु भनी तिनीहरूका पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो, र तिनीहरूले त्यो आफ्नो अधिकारमा लिएर त्यसमा बसे। अनि परमप्रभुले तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएबमोजिम, तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो। तिनीहरूका सबै शत्रुहरूमध्ये एक जना पनि तिनीहरूका सामुन्ने खड़ा हुन सकेन। परमप्रभुले तिनीहरूका शत्रुहरूलाई तिनीहरूकै हातमा सुम्पिदिनुभयो। परमप्रभुले जति उत्तम प्रणहरू इस्राएलीहरूलाई गर्नुभएको थियो, तिनीहरूमा एक पनि घटी भएन, सबै पूरा भए।

यहोशू 21:20-45 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बाँकी रहेका लेवीहरूका कहाती वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइएको थियो: एफ्राइमको पहाडी मुलुकमा तिनीहरूलाई यी सहरहरू दिइएको थियो: शेकेम (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर), गेजेर, किब्सैम र बेथ-होरोन, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू दिइएको थियो। दानको कुलबाट पनि तिनीहरूले यी सहरहरू पाए: एल्तके, गिब्बतोन, अय्यालोन र गात-रिम्मोन, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू पाए। मनश्शेको आधा कुलबाट तिनीहरूले यी सहरहरू पाए: तानाक र गात-रिम्मोन, तिनीहरूका खर्कहरूसँगै दुई वटा सहरहरू पाए। यी सबै दश सहरहरू र तिनीहरूका खर्कहरू कहाती वंशका बाँकी रहेकाहरूलाई दिइएको थियो। लेवी वंशका गेर्शोनीहरूलाई यी सहरहरू दिइएको थियो: मनश्शेको आधा कुलहरूबाट: बाशानमा भएको गोलान (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर) र बेएश्तरा, तिनीहरूका खर्कहरूसमेत दुई वटा सहरहरू दिइएको थियो। इस्साखारको कुलबाट: किश्योन, दाबरत, यर्मूत र एन-गन्नीम, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू दिइएको थियो। आशेरको कुलबाट: मिशाल, अब्दोन, हेल्कत र रहोब, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू थिए। नप्तालीको कुलबाट: गालीलमा भएको केदेश (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर) हम्मोत-डोर र कर्तान, तिनीहरूका खर्कहरूसमेत तीन वटा सहरहरू थिए। गेर्शोनी वंशका सहरहरू, तिनीहरूका खर्कहरूसमेत जम्मा तेह्र वटा थिए। मरारी वंशकाहरू, जो लेवीहरूका बाँकी रहेकाहरू थिए। तिनीहरूलाई यी सहरहरू दिइएको थियो: जबूलूनको कुलबाट: योक्नाम, कर्तह, दिम्ना र नहलल, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू थिए; रूबेनको कुलबाट: बेसेर, यहसा, कदेमोत र मेपात, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू थिए। गादको कुलबाट: गिलादको रामोत (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर), महनाइम, हेश्बोन र याजेर, तिनीहरूका खर्कहरूसमेत जम्मा चार वटा सहरहरू थिए। लेवीहरूका बाँकी रहेका सबै मरारी वंशलाई दिइएका सहरहरू जम्मा बाह्र वटा थिए। इस्राएलीहरूले अधिकार गरेका इलाकामा लेवीहरूका सहरहरू तिनीहरूका खर्कहरूसमेत, जम्मा अठचालीस वटा थिए। यी सहरहरूका चारैतिर खर्कहरू थिए; प्रत्येक सहरहरूमा यस्तै थियो। यसरी याहवेहले इस्राएलीहरूका पुर्खाहरूलाई दिनेछु भनी शपथ खानुभएका सबै देश तिनीहरूलाई दिनुभयो। अनि तिनीहरूले ती देशहरूमाथि अधिकार गरे, र त्यहाँ बसोबास गर्न लागे। याहवेहले तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएझैँ, उहाँले तिनीहरूलाई चारैतिरबाट शान्ति दिनुभयो। तिनीहरूका कुनै पनि शत्रु तिनीहरूको विरुद्धमा खडा रहन सकेनन्। याहवेहले तिनीहरूका सबै शत्रुहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो। याहवेहले इस्राएलीहरूलाई गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि असफल भएनन्; हरेक प्रतिज्ञाहरू पूरा भए।
यहोशू 21:20-45 पवित्र बाइबल (NERV)
कहात वंशका अन्य मानिसहरूलाई ती शहरहरू प्रदान गरिए जो एप्रैम कुल समूहका क्षेत्रमा थिए। तिनीहरूले यी शहरहरू पाए। एप्रैमको पहाडी देशका शकेम शहर। (शकेम एक शरण स्थान शहर थियो।) तिनीहरूले गेजेर, किब्सैम अनि बेथहोरोन पनि प्राप्त गरे। एप्रैमले तिनीहरूलाई चार शहरहरू अनि प्रत्येक शहर वरिपरिका केही भूमि तिनीहरूका पशुहरूका निम्ति दिए। दानको कुल समूहले तिनीहरूलाई एल्तके, गिब्बतौन, अय्यालोन अनि गात-रिम्मोन दिए। दानले तिनीहरूलाई चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए। मनश्शेको आधा कुल समूहले तिनीहरूलाई तानाक र गत्रिम्मोन दिए। यो मनश्शेको आधा कुल समूहले तिनीहरूलाई दुइ शहर अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए। कहात कुलका बाँकी मानिसहरूले जम्मा दश शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए। गेर्शोन कुल पनि लेवी कुल समूहमा थिए। तिनीहरूले यी शहरहरू पाएः मनश्शेका आधा कुल समूहले तिनीहरूलाई बाशानको गोलन दिए। (गोलन शरणस्थान-शहर थियो।) मनश्शेले तिनीहरूलाई बेश्तरा पनि दिए। यो मनश्शेको आधा कुल समूहले जम्मा दुइ शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए। इस्साकार कुलसमूहले तिनीहरूलाई किश्योन, दाबरत, यर्मत अनि एन्गन्नीम दिए। इस्साकारले जम्मा चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि तिनीहरूलाई दिए। आशेरका कुल समूहले तिनीहरूलाई मिशाल, अब्दोन, हेल्कात, अनि रहोब दिए। जम्मा आशेरले तिनीहरूलाई चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए। नप्ताली कुल समूहले तिनीहरूलाई गालीलको केदेश दिए। (केदेश शरणस्थान-शहर थियो।) नप्तालीले तिनीहरूलाई हम्मोत्दर अनि कर्तान पनि दिए। नप्तालीले जम्मा तीन शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए। गेर्शोन कुलले जम्मा तेह्र शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए। अन्य लेवीसमूह मरारी कुलका थिए। मरारी कुलले यी शहरहरू पाएः जबूलूनका कुल समूहले तिनीहरूलाई योक्नाम, कर्ता, दिम्ना, अनि नहलाल दिए। जबूलूनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए। रूबेन कुल समूहले तिनीहरूलाई बेसेर, यहसा, कदेमोत, अनि मेपात दिए। रूबेनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए। गाद कुल समूहले तिनीहरूलाई गिलादको रामोत दिए। (रामोत शरणस्थन-शहर थियो।) तिनीहरूले महनैम, हेस्बोन अनि याजेर पनि तिनीहरूलाई दिए। तिनीहरूलाई गादले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए। यसरी, अन्तिम लेवी कुलले जम्मा बाह्र शहरहरू प्राप्त गरे। यसरी लेवीहरूले जम्मा अठचालीस शहरहरू अनि आफ्ना पशुहरूका निम्ति हरेक शहर वरिपरिका केही भूमि प्राप्त गरे। यी सबै शहरहरू ती इलाकामा थिए जो अन्य कुल समूहहरूका थिए। यी प्रत्येक शहरमा आफ्ना पशुहरूका निम्ति केही भूमि थियो। प्रत्येक शहरका निम्ति त्यो प्रकृत थियो। यसरी परमप्रभुले प्रतिज्ञा गर्नु भयो जो उहाँले इस्राएलका मानिसहरूलाई दिनु भन्नुभएको थियो। उहाँले मानिसहरूलाई सबै भूमि दिनुभयो जो उहाँले प्रतिज्ञा गर्नु भएको थियो। मानिसहरूले भूमि लिए अनि त्यहाँ बसे। अनि परमप्रभुले तिनीहरूलाई, उहाँले तिनीहरूका अगुवाहरूसित प्रतिज्ञा गर्नु भए जस्तै, आफ्नो भूमिका चारैतिर शान्ति प्रदान गर्नदिनु भयो। तिनीहरूका कुनै पनि शत्रुहरूले तिनीहरूलाई परास्त गरेनन्। परमप्रभुले इस्राएलका मानिसहरूलाई हरेक शत्रुलाई परास्त गर्न दिनुभयो। परमप्रभुले हरेक प्रतिज्ञा पूर्ण गर्नुभयो जो उहाँले इस्राएलका मानिसहरू प्रति गर्नु भएको थियो। त्यहाँ कुनै पनि प्रतिज्ञाहरू बाँकी रहेनन् जसलाई पूर्णगर्न चुक्नु भयो। प्रत्येक प्रतिज्ञा सत्य हुन आयो।