उनीहरूसँग बिदा भई हामी जहाजमा चढ़ेर सीधै कोसमा आयौं, र भोलिपल्ट रोडसमा र त्यहाँबाट पटारामा आइपुग्यौं। अनि फोनिकेमा जाने एउटा जहाज भेट्टाएर हामी त्यसैमा चढ़ेर गयौं। जब साइप्रस देखा पर्यो, तब हामी त्यसलाई देब्रेतिर पारी सिरियातर्फ लागेर टुरोसमा उत्र्यौं। किनभने जहाजका मालसामान त्यहाँ उतार्नुपरेको थियो। चेलाहरूलाई खोजी फेला पारेर तिनीहरूसँग हामी सात दिन त्यहाँ बस्यौं। पावललाई यरूशलेममा नजानू भनी तिनीहरूले पवित्र आत्माद्वारा भने। त्यहाँबाट हाम्रो हिँड्ने बेला भएपछि हामी बिदा भएर आफ्नो यात्रामा निक्लियौं। आफ्ना जहान र बालबच्चाहरूसमेत तिनीहरू जम्मै हामीलाई सहर बाहिरसम्म पुर्याउन आए, र हामीले समुद्र किनारमा घुँड़ा टेकी प्रार्थना गर्यौं, र एक-अर्कासँग बिदा भयौं। तब हामी जहाजमा चढ़्यौं, र तिनीहरूचाहिँ आफ्ना घर फर्के। टुरोसबाट समुद्र-यात्रा गरी हामी टोलेमाइसमा आइपुग्यौं। त्यहाँ भाइहरूलाई अभिवादन गरी तिनीहरूसँग एक दिन बस्यौं। भोलिपल्ट हामी बिदा भएर कैसरियामा आयौं, र प्रचारक फिलिपको घरमा पस्यौं। तिनी ती सात जनामध्ये एक थिए, र हामी तिनीसँग बस्यौं। अगमवाणी बोल्ने तिनका चार जना अविवाहित छोरीहरू थिए। हामी त्यहाँ केही दिन बस्दा यहूदियाबाट अगाबस नाउँका एक जना अगमवक्ता आए। उनले हामीकहाँ आएर पावलको पटुका लिई आफ्नो हात-खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्नुहुन्छ, ‘यो पटुका जुन मानिसको हो, त्यसलाई यरूशलेममा यहूदीहरूले यसैगरी बाँध्नेछन् र अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्’।” यो कुरा सुनेर, हामी र त्यस ठाउँका मानिसहरू मिलेर तिनलाई यरूशलेममा नजानुहोस् भनी बिन्ती गर्यौं। तर पावलले जवाफ दिए, “तिमीहरू यसरी रोएर मेरो मनलाई किन छियाछिया पार्छौ? किनकि प्रभु येशूको नाउँको निम्ति कैदमा पर्नु मात्र होइन, तर यरूशलेममा मर्न पनि म तयार छु।” तिनलाई मनाउन नसक्दा “प्रभुको इच्छा पूरा होस्” भनेर हामी चूप लाग्यौं।
प्रेरित 21 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 21
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 21:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू