प्रेरित 21:1-14
प्रेरित 21:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूसँग बिदा भएपछि हामी सोझै कोसतिरको जहाज चढ्यौँ। अर्को दिन हामी रोडस गयौँ। अनि त्यहाँबाट पटारा पुग्यौँ। त्यहाँ हामीले फोनिके जान लागेको एउटा जहाज भेट्यौँ, र त्यसैमा चढेर अगाडि बढ्यौँ। साइप्रस टापु देखा परेपछि त्यसलाई दक्षिणतिर पारेर हामी सिरियातिर लाग्यौँ। हाम्रो जहाजबाट मालसामान उतार्नुपरेकोले हामी टायरमा उत्रियौँ। त्यसपछि हामी त्यहाँ बस्ने चेलाहरूकहाँ गयौँ र तिनीहरूसँग सात दिनसम्म बस्यौँ। पवित्र आत्माद्वारा अगुवाइ पाएर तिनीहरूले पावललाई यरूशलेम नजान भनी बिन्ती गरे। जब हाम्रो त्यहाँबाट बिदा हुने समय भयो, हामी आफ्नो बाटो लाग्यौँ; तब त्यहाँका सबै जना तिनीहरूका पत्नीहरू र सन्तानहरूसमेत हामीलाई सहरबाहिर पुर्याउन आए; र त्यहाँ समुद्रको किनारमा घुँडा टेकेर हामीहरूले प्रार्थना गर्यौँ। एक-अर्कासँग बिदा भएपछि हामी जहाजमा चढ्न गयौँ र उनीहरू घर फर्के। टायरबाट हामी निरन्तर यात्रा गर्दै टोलेमाइसमा उत्रियौँ, त्यहाँ हामीले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्यौँ र तिनीहरूसँग एक दिन बस्यौँ। अर्को दिन तिनीहरूसँग बिदा भएर हामी कैसरिया पुग्यौँ र सात जनामध्येका एक जना प्रचारक फिलिपको घरमा हामी बस्यौँ। तिनका चार जना अविवाहित छोरीहरू थिए, जसले अगमवाणी बोल्थे। हामी त्यहाँ बसेको केही दिनपछि यहूदियाबाट अगाबस नामका एक जना अगमवक्ता आए। हामीकहाँ आएर तिनले पावलको पटुका लिए, र त्यसले आफ्ना हातखुट्टाहरू बाँधे र यसो भने, “पवित्र आत्मा भन्नुहुन्छ, ‘यरूशलेमका यहूदी अगुवाहरूले यो पटुकाको मालिकलाई यसै गरी बाँध्नेछन् र तिनलाई गैरयहूदीहरूका हातमा सुम्पिदिनेछन्।’ ” जब हामीले यी कुराहरू सुन्यौँ, हामी र त्यहाँ उपस्थित अरू मानिसहरूले पावललाई यरूशलेम नजानुहोस् भनी बिन्ती गर्यौँ। पावलले जवाफ दिए, “तपाईंहरू किन यसरी रुनुहुन्छ र मेरो हृदय विचलित पार्नुहुन्छ? म त बाँधिन मात्र होइन, तर प्रभु येशूको नामका निम्ति यरूशलेममा मर्न पनि तयार छु।” तिनलाई कसै गरी मनाउन नसकेपछि, “प्रभुको इच्छा पूरा होस्” भनी हामीले प्रयत्न गर्न छोड्यौँ।
प्रेरित 21:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एफिसस मण्डलीको अगुवाहरूसँग बिदा भएपछि हावा राम्ररी चलेकोले हामी पानीजहाजबाट सीधै कोस भन्ने टापुमा आइपुग्यौं। भोलिपल्ट रोडस टापुमा पुग्यौं अनि त्यहाँबाट पटारा सहरमा आइपुग्यौं। त्यहाँ हामीले फोनिके इलाकासम्म जाने पानीजहाज पायौं र त्यसैमा चढेर गयौं। हामी साइप्रस टापुको नजिकै भएर त्यसैको दक्षिणतिरबाट सिरिया इलाकातिर लाग्यौं। टुरोस सहरमा चाहिँ पानीजहाज मालसमान उर्तानलाई रोकियो। त्यसो हुँदा हामी पनि ओर्लियौं अनि त्यहाँ बस्ने प्रभुका चेलाहरूलाई भेट्न गयौं र एक हप्तासम्म उनीहरूसँगै बस्यौं। पवित्र आत्माबाट अगुवाइ पाएर उनीहरूले पावललाई यरूशलेम नजान बिन्ती गरे। तैपनि एक हप्ता जति बसेपछि हामी उनीहरूसँग बिदा भएर हिँड्यौं। त्यहाँका प्रभुमा विश्वास गर्ने सबै दाजुभाइ, दिदी-बहिनी र केटा-केटीहरूसमेत हामीहरूलाई सहरबाहिरसम्म पुर्याउन आए। हामीहरू सबैले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्यौं। त्यसपछि हामी बिदाबारी भएर पानीजहाजमा चढ्यौं र उनीहरूचाहिँ आफ्नो घरतिर फर्के। टुरोस सहरबाट हामी टोलेमाइस सहरमा पुगेर पानीजहाजबाट ओर्लियौं। हामी त्यहाँ भएका प्रभुमा विश्वास गर्ने दाजुभाइहरूलाई भेट्न गयौं र एक दिन तिनीहरूसँगै बस्यौं। भोलिपल्ट त्यहाँबाट बिदा भएर हामी कैसरिया सहरमा पुग्यौं। त्यहाँ हामी सुसमाचार प्रचार्ने फिलिपको घरमा बस्यौं। फिलिपचाहिँ यरूशलेममा सेवा गर्न चुनिएका सात जनाहरूमध्ये एक जना थिए। उनका चार वटी विवाह नभएका छोरीहरू थिए। तिनीहरूलाई अगमवाणी बोल्ने वरदान थियो। हामी केही दिन फिलिपका परिवारहरूसँग बस्दा यहूदिया क्षेत्रबाट अगाबस नाउँ गरेका एक जना अगमवक्ता हामीहरूकहाँ आए। उनले पावलको पटुका लिएर आफ्ना हात र खुट्टा बाँधेर भने, “पवित्र आत्माले यसरी भन्नुहुन्छ, यरूशलेम गए भने यहूदीहरूले यो पटुकाको धनीलाई यसै गरी बाँध्नेछन् र अरू जातिका हातमा सुम्पनेछन्।” यो कुरा सुनेर हामीहरू र त्यहाँ भएका मानिस सबैले पावललाई यरूशलेम नजानुहोस् भनेर बिन्ती गर्यौं। तर पावलले भने, “तिमीहरू किन यसरी रोएर मेरो मन खिन्न बनाउन खोज्दै छौ? म यरूशलेममा बाँधिन मात्र होइनँ, तर मेरो प्रभुको निम्ति मर्न पनि तयार छु।” पावललाई रोक्न नसक्दा हामी ‘परमेश्वरको इच्छा पूरा होस्’ भनेर चुप लाग्यौं।
प्रेरित 21:1-14 पवित्र बाइबल (NERV)
हामीले अग्रजहरूबाट बिदा लिए पछि जहाज चल्न शुरू भयो। हामी समुद्र यात्रा गरेर सोझै कस टापू गयौं। अर्को दिन रोडसको टापूमा आयौ। त्यहाँदेखि पटारा पुग्यौं। पटारामा हामीले एक जहाजमा समुद्र यात्रा गरेर गयौं। हामी साइप्रस टापूको छेउमा पुग्यौं। हामी त्यसलाई उत्तर दिशा तर्फ हेर्न सक्दथ्यौ तर हामी रोकिएनौ। हामी सिरिया देशमा गयौं। हामी टायर शहरमा थामियौं किनभने जहाजले बोकेको माल वस्तु झार्नु थियो। हामीले टायर शहरमा येशूका चेलाहरू भेट्यौं र उनीहरूसँगै सात दिन बस्यौं। तिनीहरूलाई पवित्र आत्माले दिएको खबरको आधारमा तिनीहरूले पावललाई यरूशलेम नजानु भनी चेतावनी दिए। तर जब हामीले त्यहाँको भ्रमण शेष गर्यो, विदा लियौं र यात्रा जारी नै राख्यौ। सबै येशूका चेलाहरू यहाँ सम्म कि स्वास्नीमानिसहरू र केटाकेटीहरूले पनि हामीलाई बिदा दिन शहर बाहिरसम्म आए। हामी सबैले किनारमा घूँडा टेक्यौ अनि प्रार्थना गर्यौ। त्यसपछि हामीले विदा लिएर जहाजमा चढ्यौ। चेलाहरू घर फर्के। हामी टायरदेखि आफ्नो यात्रा जारी राख्दै टोलेमाइस शहरमा गयौं। हामीले चेलाहरूलाई स्वागत गरयौं र उनीहरूसँग एकदिन बस्यौं। अर्को दिन टोलेमाइस शहर छाड्यौ अनि सिजरिया शहरमा गयौं। हामी फिलिपको घरमा गयौं र बस्यों। फिलिप सुसमाचर प्रचार गरेर पमेश्वरको सेवा गरिरहेका थिए। उनका चारजना अविवाहित छोरीहरू थिए र तिनीहरूले अगामवाणी गर्ने प्रतिभा पाएका थिए। त्यहाँ धेरै दिन बसेपछि, एकजना अगमवक्ता अगाबस यहूदियाबटा आए तिनी हामीकहाँ आए र पावलको पेटी मागे। त्यसपछि अगाबसले त्यो पेटीले हात र खुट्टा बाँधे अनि भने, “पवित्र आत्माले, भन्नुहुन्छ, ‘यो पेटी जसको हो उसलाई यसरी यरूशलेमा यहूदीहरूले बाँध्नेछन्। त्यसपछि तिनीहरूले उसलाई गैर-यहूदी मानिसहरूकहाँ सुम्पिन्छन्।’” हामी सबैले ती शब्दहरू सुन्यौं। यसैले हामीहरू र येशूका अरू स्थानीय चेलाहरूले पावललाई यरूशलेम नजानु भनेर बिन्ती गर्यौं। तर पावलले भने, “तिमीहरू किन रोई रहेछौ? किन मलाई यति साह्यो खिन्न पारी रहेछौ? म यरूशलेममा बाँधिन तयार छु। म प्रभु येशूको नाउँको निम्ति मर्न सम्म तयार छु!” हामीले उनलाई यरूशलेमबाट टाढा राख्न सकेनौं। यसकारण हामीले उनलाई बिन्ती गर्न छोडी दियौं र भन्यौं, “हामी प्रार्थना गर्छौं कि जे प्रभुले चाहनु हुन्छ त्यही हुनेछ।”
प्रेरित 21:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उनीहरूसँग बिदा भई हामी जहाजमा चढ़ेर सीधै कोसमा आयौं, र भोलिपल्ट रोडसमा र त्यहाँबाट पटारामा आइपुग्यौं। अनि फोनिकेमा जाने एउटा जहाज भेट्टाएर हामी त्यसैमा चढ़ेर गयौं। जब साइप्रस देखा पर्यो, तब हामी त्यसलाई देब्रेतिर पारी सिरियातर्फ लागेर टुरोसमा उत्र्यौं। किनभने जहाजका मालसामान त्यहाँ उतार्नुपरेको थियो। चेलाहरूलाई खोजी फेला पारेर तिनीहरूसँग हामी सात दिन त्यहाँ बस्यौं। पावललाई यरूशलेममा नजानू भनी तिनीहरूले पवित्र आत्माद्वारा भने। त्यहाँबाट हाम्रो हिँड्ने बेला भएपछि हामी बिदा भएर आफ्नो यात्रामा निक्लियौं। आफ्ना जहान र बालबच्चाहरूसमेत तिनीहरू जम्मै हामीलाई सहर बाहिरसम्म पुर्याउन आए, र हामीले समुद्र किनारमा घुँड़ा टेकी प्रार्थना गर्यौं, र एक-अर्कासँग बिदा भयौं। तब हामी जहाजमा चढ़्यौं, र तिनीहरूचाहिँ आफ्ना घर फर्के। टुरोसबाट समुद्र-यात्रा गरी हामी टोलेमाइसमा आइपुग्यौं। त्यहाँ भाइहरूलाई अभिवादन गरी तिनीहरूसँग एक दिन बस्यौं। भोलिपल्ट हामी बिदा भएर कैसरियामा आयौं, र प्रचारक फिलिपको घरमा पस्यौं। तिनी ती सात जनामध्ये एक थिए, र हामी तिनीसँग बस्यौं। अगमवाणी बोल्ने तिनका चार जना अविवाहित छोरीहरू थिए। हामी त्यहाँ केही दिन बस्दा यहूदियाबाट अगाबस नाउँका एक जना अगमवक्ता आए। उनले हामीकहाँ आएर पावलको पटुका लिई आफ्नो हात-खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्नुहुन्छ, ‘यो पटुका जुन मानिसको हो, त्यसलाई यरूशलेममा यहूदीहरूले यसैगरी बाँध्नेछन् र अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्’।” यो कुरा सुनेर, हामी र त्यस ठाउँका मानिसहरू मिलेर तिनलाई यरूशलेममा नजानुहोस् भनी बिन्ती गर्यौं। तर पावलले जवाफ दिए, “तिमीहरू यसरी रोएर मेरो मनलाई किन छियाछिया पार्छौ? किनकि प्रभु येशूको नाउँको निम्ति कैदमा पर्नु मात्र होइन, तर यरूशलेममा मर्न पनि म तयार छु।” तिनलाई मनाउन नसक्दा “प्रभुको इच्छा पूरा होस्” भनेर हामी चूप लाग्यौं।