YouVersion लोगो
खोज आइकन

२ थेसलोनिकी 3:6-12

२ थेसलोनिकी 3:6-12 NNRV

अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्‍छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्‍ने हरेक अल्‍छे भाइबाट अलग बस। किनकि तिमीहरूले कसरी हाम्रो अनुकरण गर्नुपर्छ सो तिमीहरू आफै जान्‍दछौ। हामी तिमीहरूसँग छँदा अल्‍छे भई बसेनौं। हामीले कसैको रोटी सित्तैँमा खाएनौं। तर तिमीहरू कसैलाई भार नहोस्‌ भनेर हामीले रातदिन परिश्रमसाथ खटेर काम गर्‍यौं। सहायता पाउने हाम्रो हक नभएर होइन, तर हाम्रो आचरण तिमीहरूका लागि एक आदर्श बनोस्‌ भनेर हामीले त्‍यसो गर्‍यौं। तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, “कसैले काम गर्दैन भने त्‍यसले नखाओस्‌।” किनकि हामी सुन्‍दछौं, कि तिमीहरूमध्‍ये कतिले अल्‍छे जीवन बिताइरहेका छौ। तिनीहरू आफूचाहिँ केही काम गर्दैनन्‌ तर अरूको काममा व्‍यर्थै हात हाल्‍छन्‌। अब यस्‍ता मानिसहरूलाई प्रभु येशू ख्रीष्‍टको नाउँमा हामी आज्ञा र अर्ती दिन्‍छौं, कि तिनीहरूले चूपचाप आफ्‍ना काम गरून्‌ र आफ्‍ना जीविका चलाऊन्‌।