२ थेसलोनिकी 3:6-12
२ थेसलोनिकी 3:6-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाजुभाइहरू, प्रभु येशू ख्रीष्टमा हामी तिमीहरूलाई आज्ञा दिन्छौं। हामीले दिएको शिक्षा नमान्ने र अल्छी गर्नेहरूदेखि टाढा बस। तिमीहरूसँग रहँदा हामी अल्छी भएर बसेनौं। हामीहरूले गरेजस्तै गर्नुपर्दछ भन्ने कुरा त तिमीहरूलाई थाहा छ। तिमीहरूलाई भार नहोस् भनेर हामीले रातदिन मरिमेटेर काम गर्यौं। पैसा नतिरी हामीले कसैकहाँ खाँदा पनि खाएनौं। तिमीहरूले नै हाम्रो खर्च ब्यहोर्नुपर्छ भन्ने हामीलाई हक नभएर होइन तर तिमीहरूका नमुना हुन यसो गर्यौं। काम नगर्नेहरूलाई खान पनि नदिनू भनेर हामीले तिमीहरूसँग हुँदै भनेका थियौं। तिमीहरूमध्ये कोहीकोही अल्छी भएर बस्नेहरू पनि छन् रे। कामको नाउँमा सिन्को पनि नभाँच्ने तर अर्काको काममा हात हाल्दै हिंड्ने मान्छेहरू पनि छन् रे। प्रभु येशू ख्रीष्टमा हामी त्यस्ता मानिसहरूलाई चेतावनी दिएर भन्दै छौं, तिनीहरूले चुपचापसँग काम गरून् र आफ्नो पेट भर्न आफैं कमाऊन्।
२ थेसलोनिकी 3:6-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्ने हरेक अल्छे भाइबाट अलग बस। किनकि तिमीहरूले कसरी हाम्रो अनुकरण गर्नुपर्छ सो तिमीहरू आफै जान्दछौ। हामी तिमीहरूसँग छँदा अल्छे भई बसेनौं। हामीले कसैको रोटी सित्तैँमा खाएनौं। तर तिमीहरू कसैलाई भार नहोस् भनेर हामीले रातदिन परिश्रमसाथ खटेर काम गर्यौं। सहायता पाउने हाम्रो हक नभएर होइन, तर हाम्रो आचरण तिमीहरूका लागि एक आदर्श बनोस् भनेर हामीले त्यसो गर्यौं। तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, “कसैले काम गर्दैन भने त्यसले नखाओस्।” किनकि हामी सुन्दछौं, कि तिमीहरूमध्ये कतिले अल्छे जीवन बिताइरहेका छौ। तिनीहरू आफूचाहिँ केही काम गर्दैनन् तर अरूको काममा व्यर्थै हात हाल्छन्। अब यस्ता मानिसहरूलाई प्रभु येशू ख्रीष्टको नाउँमा हामी आज्ञा र अर्ती दिन्छौं, कि तिनीहरूले चूपचाप आफ्ना काम गरून् र आफ्ना जीविका चलाऊन्।
२ थेसलोनिकी 3:6-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभु येशू ख्रीष्टको नाममा हामी तिमीहरूलाई आज्ञा गर्दर्छौँ, जो विश्वासी अल्छे छ र बाधा पुर्याउने गर्छ; अनि हामीबाट पाएका शिक्षाअनुसार चल्दैन, त्यस्ता हरेक विश्वासीबाट अलग बस। किनकि तिमीहरूले हाम्रो नमुना कसरी लिनुपर्छ, सो तिमीहरू आफैँलाई थाहा छ। हामी तिमीहरूसँग हुँदा अल्छे भएर बसेनौँ, न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ। बरु तिमीहरू कसैको हामी भार नबनौँ भनेर दिनरात कडा परिश्रमका साथ काम गर्यौँ। हामीलाई सहायता पाउने हक नभएर होइन, तर तिमीहरूले हाम्रो अनुकरण गर्न सक भनेर तिमीहरूका निम्ति हामीले आफूलाई नमुना बनाउन यसो गरेका थियौँ। किनकि जब हामी तिमीहरूसँग थियौँ, हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौँ, “यदि कुनै मानिसले काम गर्दैन भने त्यसले खाँदै नखाओस्।” तिमीहरूमध्ये कोही-कोही अल्छे छन्, र बाधा पुर्याउने गर्छन् भनी हामी सुन्छौँ। तिनीहरू आफैँ त काम गर्दैनन्, तर अर्काको काममा व्यर्थै हात हाल्छन्। यस्ता मानिसहरूलाई हामी प्रभु येशू ख्रीष्टमा आज्ञा दिन्छौँ र बिन्ती गर्छौँ: तिनीहरू व्यवस्थित भएर बसून् र आफ्ना भोजन आफैँ जुटाऊन्।
२ थेसलोनिकी 3:6-12 पवित्र बाइबल (NERV)
दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरूलाई हामी हाम्रा प्रभु येशू ख्रीष्टको अधिकार लिएर आज्ञा दिँदछौं कि काम गर्न जसले अस्वीकार गर्छ तिनीहरूबाट टाढा बस। ती मानिसहरूले हामीबाट पाएको शिक्षा अनुशरण गर्नु अस्वीकार गर्छन्। तिमीहरू जान्दछौ कि हामी बाँचे जस्तै तिमीहरू पनि बाँच्नु पर्छ। जब हामी तिमीहरूसित थियौं हामी अल्छी थिएनौं। अनि जैले पनि हामीले अरूको खाना खायौं, हामीले दाम तिर्यौं। तिमीहरू कुनै एकजनाको पनि भार नबनिनु हामीले कडा मेहनत गर्यौं। हामीले रात-दिन काम गर्यौं। यसको अर्थ यो होइन कि तिमीहरू को सहाएता माग्ने अधिकार हाम्रो छैन। तर तिमीहरूको लागि उदाहरण बन्नु ताकि तिमीहरूले अनुशरण गर, हामी आफ्नो हेरचाहकोलागी आफैं खट्यौं। हामी जतिञ्चेल तिमीहरूसित थियौं हामीले यो नियम तिमीहरूको निम्ति दियौं, “यदि कसैले काम गर्दैन भने उसले खाने पनि छैन।” हामीले सुनेका छौं तिमीहरू मध्ये कसै-कसैले पटक्कै काम गर्दैनन् र अर्काको काममा हस्तक्षेप मात्र गरिहिंडछन्। हामी ती मानिसहरूलाई आदेश दिन्छौं कि तिनीहरूले अरू मानिसहरूलाई दुःख नदिउन्। हामी तिनीहरूलाई आदेश दिन्छौं कि तिनीहरू आफ्नो छाक जुटाउन आफैं मेहनत गरून्। प्रभु येशू ख्रीष्टको निम्ति तिनीहरूले यस्तो गरून् भनी हामी सविनय विन्ति गर्छौं।