YouVersion लोगो
खोज आइकन

२ थेसलोनिकी 3:6-12

२ थेसलोनिकी 3:6-12 सरल नेपाली

दाजुभाइहरू, प्रभु येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई आज्ञा दिन्‍छौं। हामीले दिएको शिक्षा नमान्‍ने र अल्‍छी गर्नेहरूदेखि टाढा बस। तिमीहरूसँग रहँदा हामी अल्‍छी भएर बसेनौं। हामीहरूले गरेजस्‍तै गर्नुपर्दछ भन्‍ने कुरा त तिमीहरूलाई थाहा छ। तिमीहरूलाई भार नहोस् भनेर हामीले रातदिन मरिमेटेर काम गर्‍यौं। पैसा नतिरी हामीले कसैकहाँ खाँदा पनि खाएनौं। तिमीहरूले नै हाम्रो खर्च ब्‍यहोर्नुपर्छ भन्‍ने हामीलाई हक नभएर होइन तर तिमीहरूका नमुना हुन यसो गर्‍यौं। काम नगर्नेहरूलाई खान पनि नदिनू भनेर हामीले तिमीहरूसँग हुँदै भनेका थियौं। तिमीहरूमध्‍ये कोहीकोही अल्‍छी भएर बस्‍नेहरू पनि छन् रे। कामको नाउँमा सिन्‍को पनि नभाँच्‍ने तर अर्काको काममा हात हाल्‍दै हिंड्ने मान्छेहरू पनि छन् रे। प्रभु येशू ख्रीष्‍टमा हामी त्‍यस्‍ता मानिसहरूलाई चेतावनी दिएर भन्‍दै छौं, तिनीहरूले चुपचापसँग काम गरून् र आफ्‍नो पेट भर्न आफैं कमाऊन्।