YouVersion लोगो
खोज आइकन

थिस्सलोनिकीहरूलाई पावलको दोस्रो पत्र 3:6-12

थिस्सलोनिकीहरूलाई पावलको दोस्रो पत्र 3:6-12 NERV

दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरूलाई हामी हाम्रा प्रभु येशू ख्रीष्टको अधिकार लिएर आज्ञा दिँदछौं कि काम गर्न जसले अस्वीकार गर्छ तिनीहरूबाट टाढा बस। ती मानिसहरूले हामीबाट पाएको शिक्षा अनुशरण गर्नु अस्वीकार गर्छन्। तिमीहरू जान्दछौ कि हामी बाँचे जस्तै तिमीहरू पनि बाँच्नु पर्छ। जब हामी तिमीहरूसित थियौं हामी अल्छी थिएनौं। अनि जैले पनि हामीले अरूको खाना खायौं, हामीले दाम तिर्यौं। तिमीहरू कुनै एकजनाको पनि भार नबनिनु हामीले कडा मेहनत गर्यौं। हामीले रात-दिन काम गर्यौं। यसको अर्थ यो होइन कि तिमीहरू को सहाएता माग्ने अधिकार हाम्रो छैन। तर तिमीहरूको लागि उदाहरण बन्नु ताकि तिमीहरूले अनुशरण गर, हामी आफ्नो हेरचाहकोलागी आफैं खट्यौं। हामी जतिञ्चेल तिमीहरूसित थियौं हामीले यो नियम तिमीहरूको निम्ति दियौं, “यदि कसैले काम गर्दैन भने उसले खाने पनि छैन।” हामीले सुनेका छौं तिमीहरू मध्ये कसै-कसैले पटक्कै काम गर्दैनन् र अर्काको काममा हस्तक्षेप मात्र गरिहिंडछन्। हामी ती मानिसहरूलाई आदेश दिन्छौं कि तिनीहरूले अरू मानिसहरूलाई दुःख नदिउन्। हामी तिनीहरूलाई आदेश दिन्छौं कि तिनीहरू आफ्नो छाक जुटाउन आफैं मेहनत गरून्। प्रभु येशू ख्रीष्टको निम्ति तिनीहरूले यस्तो गरून् भनी हामी सविनय विन्ति गर्छौं।