1
मर्कूस 5:34
सरल नेपाली पवित्र बाइबल
अनि येशूले उनलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। अब तिम्रो कष्ट छुटोस् र तिमी शान्तिसँग जाऊ।”
तुलना
अन्वेषण गर्नुहोस् मर्कूस 5:34
2
मर्कूस 5:25-26
त्यस घुइँचोमा बाह्र वर्षदेखि रगत बग्ने बेथाले दु:ख पाएकी एउटी स्त्री पनि थिइन्। उनले कैयौं बैद्य लगाएर पनि निको हुन सकेकी थिइनन्। भएभरको धन-सम्पत्ति यसैका लागि खर्च गरिसकेकी थिइन्, तर निको हुनुको सट्टामा झन्झन् व्यथाले उनलाई चाप्दै थियो।
अन्वेषण गर्नुहोस् मर्कूस 5:25-26
3
मर्कूस 5:29
येशूको लुगा छुनेबित्तिकै रगत बग्ने व्यथा निको भएर रगत थामिएको उनी आफैंले थाहा पाइन्।
अन्वेषण गर्नुहोस् मर्कूस 5:29
4
मर्कूस 5:41
उहाँले केटीको हात समातेर भन्नुभयो, “तालिता कूमी!” यसको अर्थ हो “ए नानी, म भन्छु, उठ!”
अन्वेषण गर्नुहोस् मर्कूस 5:41
5
मर्कूस 5:35-36
येशूले यसो भन्दाभन्दै याइरसका घरबाट मानिसहरू आए। तिनीहरूले याइरसलाई भने, “हजुरकी छोरी त मरिसकी। अब गुरुलाई व्यर्थै किन दु:ख दिने?” तर येशूले तिनीहरूका कुरालाई वास्ता नगरी याइरसलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।”
अन्वेषण गर्नुहोस् मर्कूस 5:35-36
6
मर्कूस 5:8-9
किनभने येशूले त्यस भूतलाई अघिदेखि नै निक्लिआइज भनेर भन्नुभएको थियो। अनि येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” त्यसले जवाफ दियो, “मेरो नाउँ फौज हो, हामी त धेरै छौं।”
अन्वेषण गर्नुहोस् मर्कूस 5:8-9
होम
बाइबल
योजनाहरू
भिडियोहरू