1
मर्कूस 4:39-40
सरल नेपाली पवित्र बाइबल
येशूले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्नुभयो, “शान्त भइजा! रोकिहाल्!” त्यति नै खेर आँधी थामियो र एकदमै शान्त भइहाल्यो। येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू किन यसरी आतिएका? खै तिमीहरूको विश्वास?”
तुलना
अन्वेषण गर्नुहोस् मर्कूस 4:39-40
2
मर्कूस 4:41
अनि तिनीहरू अचम्म मानेर डराउँदै आपसमा भन्न लागे, “उहाँ को हुनुहुन्छ? आँधीबेहरी र छालले समेत उहाँको आज्ञा मान्दा रहेछन्!”
अन्वेषण गर्नुहोस् मर्कूस 4:41
3
मर्कूस 4:38
येशूचाहिँ सिरानी हालेर नाउको पछाडिपट्टि निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई उठाएर भने, “गुरु, हामी त मर्न लाग्यौं, तपाईंलाई केही फिक्री छैन?”
अन्वेषण गर्नुहोस् मर्कूस 4:38
4
मर्कूस 4:24
अनि येशूले तिनीहरूलाई यसो भन्नुभयो, “सुनेका कुरामा ध्यान देओ! जुन पाथीले अरूलाई भरेर दिन्छौ, त्यही पाथीले तिमीलाई पनि भरेर दिइनेछ। अझ धेरै पनि दिइनेछ
अन्वेषण गर्नुहोस् मर्कूस 4:24
5
मर्कूस 4:26-27
येशूले फेरि भन्नुभयो, “परमेश्वरको राज्य एउटा मान्छेले आफ्नो बारीमा बीउ छरेकोजस्तो हुन्छ। ऊ सुते पनि, उठे पनि रातदिन बीउहरू उम्रेर बढिरहेका हुन्छन्। तर यो कसरी हुन आयो, उसलाई थाहा हुँदैन।
अन्वेषण गर्नुहोस् मर्कूस 4:26-27
6
मर्कूस 4:23
जसको कान छ, त्यसले सुनोस्!”
अन्वेषण गर्नुहोस् मर्कूस 4:23
होम
बाइबल
योजनाहरू
भिडियोहरू