मर्कूस 5:25-26
मर्कूस 5:25-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यस घुइँचोमा बाह्र वर्षदेखि रगत बग्ने बेथाले दु:ख पाएकी एउटी स्त्री पनि थिइन्। उनले कैयौं बैद्य लगाएर पनि निको हुन सकेकी थिइनन्। भएभरको धन-सम्पत्ति यसैका लागि खर्च गरिसकेकी थिइन्, तर निको हुनुको सट्टामा झन्झन् व्यथाले उनलाई चाप्दै थियो।
मर्कूस 5:25-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि बाह्र वर्ष अघिदेखि रगत बग्ने रोग भएकी एउटी स्त्री त्यहाँ थिई। त्यसले धेरै वैद्यहरूका हातबाट अनेक कष्ट पाएर आफूसँग भएका सारा धनसम्पत्ति खर्च गरेर पनि निको नभई बरु झन् खराब हालतमा पुगेकी थिई।
मर्कूस 5:25-26 नेपाली समकालीन संस्करण (NCV)
अनि त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री थिई। त्यसले धेरै चिकित्सकहरूबाट धेरै कष्ट भोगेकी अनि आफूसित भएको सबै खर्च गरिसकेकी थिई, र पनि लाभ हुनुको साटो अझ खराब अवस्थामा पुगेकी थिई।
मर्कूस 5:25-26 पवित्र बाइबल (NERV)
ती मानिसहरूसँग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र वर्ष अघिदेखि रगत बग्ने व्यथा थियो। त्यो आईमाई खुबै पीडीत थिई। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिई, तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रँदै गयो।