1
मर्कूस 6:31
सरल नेपाली पवित्र बाइबल
अनि येशूले तिनीहरूलाई भन्नुभयो, “हामी एकान्त ठाउँमा गएर केही समय आराम गरौं।” किनभने त्यहाँ यति धेरै मानिसहरू आउने-जाने गर्थे कि येशू र उहाँका चेलाहरूलाई खानेसम्म पनि फुर्सद भएन।
तुलना
अन्वेषण गर्नुहोस् मर्कूस 6:31
2
मर्कूस 6:4
अनि येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ताको सबैतिर मान हुन्छ, तर आफ्ना गाउँ-घरका मानिसहरूले भने वास्तै गर्दैनन्।”
अन्वेषण गर्नुहोस् मर्कूस 6:4
3
मर्कूस 6:34
येशू नाउबाट ओर्लनुहुँदा मानिसहरूको ठूलो घुइँचोले आफूलाई पर्खिरहेको देखेर येशूको हृदय मायाले भरियो किनभने तिनीहरू गोठाला नभएका भेडाजस्ता थिए। अनि उहाँले तिनीहरूलाई धेरै कुराको बारेमा शिक्षा दिन लाग्नुभयो।
अन्वेषण गर्नुहोस् मर्कूस 6:34
4
मर्कूस 6:5-6
त्यसैले येशूले थोरै बिरामीहरूमाथि हात राखेर निको पार्ने कामबाहेक अरू अचम्मका कामहरू गर्न सक्नुभएन। आफ्ना ठाउँका मानिसहरूले विश्वास नगरेको देख्दा उहाँलाई उदेक लाग्यो। येशू गाउँ-गाउँको बाटो भएर मानिसहरूलाई शिक्षा दिंदै जानुभयो।
अन्वेषण गर्नुहोस् मर्कूस 6:5-6
5
मर्कूस 6:41-43
अनि येशूले पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेर्दै परमेश्वरसँग आशीर्वाद माग्नुभयो र रोटी टुक्राटुक्रा पारेर चेलाहरूलाई बाँड्न लाउनुभयो। त्यसै गरी उहाँले ती दुई वटा माछा पनि बाँडिदिनुभयो। अनि सबैले अघाउञ्जेल खाए। चेलाहरूले उब्रिएका रोटी र माछाका टुक्रा बटुल्दा त बाह्र डाला जति भरिए।
अन्वेषण गर्नुहोस् मर्कूस 6:41-43
होम
बाइबल
योजनाहरू
भिडियोहरू