BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितPrøve

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

Dag 19 av 20

ममा सुनुवाइ होस् भनेर पावलले अपिल गरिसकेपछि फेस्तसले सबै कुरा राजा अग्रिपासलाई सुनाउँछन्। यसले राजालाई चकित पार्छ अनि उनले पावलको कुरा व्यक्तिगतरूपमै सुन्‍ने निर्णय गर्छन्। त्यसकारण भोलिपल्ट सबै कुराको बन्दोबस्त गरिन्छ र पावलले गवाही दिएको सुन्‍न अग्रिपाको साथमा थुप्रै महत्त्वपूर्ण अधिकारीहरू पनि उपस्थित हुन्छन् भन्ने कुरा लूकाले हामीलाई बताउँछन्। त्यसपछि लूकाले पावलको कथा र प्रतिरक्षाको तेस्रो विवरण लेख्छन्। तर यस पटक, लूकाको विवरणले के देखाउँछ भने बौरी उठ्नुभएको येशूलाई पावलले भेटेको दिन के भएको थियो त्यसबारे अझ बढी विवरणहरू पावलले बताउँछन्। पावलको वरिपरि अन्धा तुल्याउने ज्योति चम्किँदा र उनले स्वर्गबाट आवाज सुन्दा येशूले स्वर्गबाट हिब्रू भाषामा बोलिरहनुभएको थियो। प्रभु येशूले उनलाई उनको परिवर्तनको अनुभव अन्यजाति र यहूदीहरूलाई बताउन बोलावट दिनुभयो ताकि तिनीहरूले पनि परमेश्‍वरको पाप क्षमाको ज्योति देख्‍न सकून् र शैतानको अन्धकारबाट मुक्त हुन सकून्। पावलले येशूको आदेश पालन गरे र येशूको कष्ट र पुनरुत्थानबारे सुन्‍ने जति सबैलाई बताए अनि धेरै समयदेखि प्रतीक्षा गरिएको मसीह अर्थात् यहूदीहरूका राजा येशू नै हुनुहुन्छ भन्‍ने कुरा हिब्रू धर्मशास्त्रबाट देखाए। फेस्तसलाई पावलको कथामामा विश्‍वास लागेन अनि पावलले होस् गुमाएको छ भनेर उनले भने। तर अग्रिपाले पावलका शब्‍दहरू उचित छन् भन्‍ने देख्छन् र उनी झण्डै इसाई बनेको कुरा स्वीकार गर्छन्। पावलको मनस्थितिबारे फेस्तस र अग्रिपास सहमत नभए तापनि पावलले मृत्युदण्ड वा कैद पाउन योग्य केही गरेका छैनन् भनेर तिनीहरूले मानिलिन्छन्‌।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:

• पावलको कथामा देखिएको सुन्दर व्यङ्ग्योक्तिबारे विचार गर्नुहोस्: उनको वास्तविक दृष्टिलाई अस्थायी रूपमा हटाइएको थियो ताकि उनले अनन्त आत्मिक दृष्टि पाएर सो अरूसँग बाँड्न सकून्। तपाईंले यो कुराबारे विचार गर्दा के-कस्ता प्रश्‍न, अनुभूति वा विचार मनमा आउँछन्‌?

• येशूले पावललाई दिनुभएको उद्देश्यलाई ध्यान दिएर पुनरावलोकन गर्नुहोस् (हेर्नुहोस्, प्रेरित २६:१८) र त्यसलाई कलस्‍सी १:९-१४मा पावलले मण्डलीको लागि गरेको प्रार्थनासँग तुलना गर्नुहोस्। तपाईंले के अवलोकन गर्नुभयो?? यसले येशूका अनुयायीहरूप्रति उहाँको इच्‍छा र उद्देश्यबारे हामीलाई के बताउन सक्छ?

• के तपाईं ख्रीष्टियन बन्ने मोडमा हुनुहुन्छ? सत्य देख्‍ने मदत माग्न परमेश्‍वरलाई प्रार्थना र अनुरोध गर्नुहोस्। येशू वास्तवमा को हुनुहुन्छ सो कुरा जान्न र अनुभव गर्न आफूलाई विश्‍वस्त पारिदिऊन्‌ भनि उहाँलाई अनुरोध गर्नुहोस्।

• ख्रीष्टियन बन्ने मोडमा पुगेका कुनै व्यक्तिलाई तपाईं चिन्‍नुहुन्छ? तपाईंले येशूबारे आफ्‍नो अनुभव कसरी तिनीहरूसँग बाँड्न सक्‍नुहुन्छ? प्रेरित २६:२९मा लिपिबद्ध पावलका वचनहरूलाई ध्यानमा राख्दै केही समय तिनीहरूको लागि प्रार्थना गर्नुहोस्: हे परमेश्‍वर! तपाईंले यो व्यक्तिलाई तपाईंको पाप क्षमाको ज्योति देख्‍न र तपाईंको राज्यको आशा प्राप्त गर्न कोमलताको साथ विश्‍वस्त तुल्याउनुहोस् भनेर म प्रार्थना गर्दछु।

Dag 18Dag 20

Om denne planen

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्‍नहरूलाई समावेश गरेको छ।

More