BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितPrøve

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

Dag 17 av 20

आफ्‍नो प्रतिरक्षा गर्न पावल धार्मिक अगुवाहरूको महासभा अघि खडा हुन्छन्। हिंसात्मक रूपमा बाधा आइपरेपछि र गल्तीले प्रधान पुजारीलाई अरू कुनै व्यक्ति भन्ठानेपछि स्थिति बिग्रिएको पावलले देख्छन् र अब के गर्ने भनेर पत्ता लगाउने प्रयास गर्छन्। उनले महासभा दुई धार्मिक पन्थहरूमा विभाजित भएको देख्छन्: सदूकीहरू र फरिसीहरू। सदूकीहरूले पुनरुत्थान वा स्वर्गदूहरूजस्ता आत्मिक वास्तविकताहरूमा विश्‍वास गर्दैनन्‌ तर फरिसीहरूले चाहिँ अझ कडाइका साथ व्यवस्थाको अर्थ लगाउँछन्‌ र सदूकीहरूले इन्कार गर्ने आत्मिक वास्तविकताहरूबारे मनैदेखि विश्वस्त छन्‌। महासभा बीचको विभाजनलाई पावलले आफूबाट ध्यान बाहिर खिच्ने अवसरको रूपमा लिन्छन् अनि उनले आफू एक फरिसी भएको र मृतकहरूको पुनरुत्थान हुने आशाको लागि पुर्पक्षमा परेको भनेर चर्को स्वरमा बोल्न थाल्छन्‌।

यसले गर्दा, लामो विवाद हुन्छ। शुरुमा यसले काम गरेको जस्तो देखिन्छ र फरिसीहरूले पावलको प्रतिरक्षा समेत गर्न थाल्छन्। तर केही समय नबित्दै, विवाद यति चर्का-चर्की हुन्छ कि पावलको ज्यान फेरि जोखिममा पर्छ। उनलाई उक्त हिंसात्मक स्थितिबाट रोमी सेनापतिले निकालेर लान्छन् र अन्यायी ढङ्गले हिरासतमा राख्छन्। त्यो रात, पुनरुत्थान हुनुभएका येशू पावललाई प्रोत्साहन दिन उनको छेउमा खडा भई वास्तवमा पावलले येशूको अभियानलाई रोममा ल्याउनेछन् भनेर प्रोत्साहन दिनुहुन्छ। त्यसकारण, बिहान पवलकी बहिनीले ४० जना यहूदीहरूले उनलाई फसाएर मार्न षडयन्त्र गर्दैछन् भन्‍ने खबर दिन आउँदा, हरेस नखान पावललाई सान्त्वना दिने महान् वचन उनीसँग हुन्छ। उक्त षडयन्त्र पावलको अभियानलाई समाप्त गर्न सफल हुनेछैन। येशूले भन्‍नु भएजस्तै उनले जीवितै रोम देख्‍न पाउनेछन्‌। निश्चयै, उक्त षडयन्त्रको कुरा सेनापतिको कानमा पर्छ र तिनले त्यो षडयन्त्र भङ्ग गर्छन्। पावलको सुरक्षालाई सुनिश्‍चित गर्दै ४०० जना तालिम प्राप्त मानिसहरूको साथमा उनलाई कैसरिया पठाइन्छ।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:

• कहिलेकहीँ येशूले आफ्‍ना मानिसहरूलाई कठिनाइबाट बाहिर निकाल्‍नुहुन्छ र कहिलेकहीँ तिनीहरूलाई कठिनाइकै बीचमा भेट्नुहुन्छ। उनको असाधारण जाँचको बेला पावलले असाधारण तरिकामा येशूको उपस्थिति अनुभव गरे। तर येशूका सबै अनुयायीहरूले यी सब नदेखे पनि वा अनुभव नगरे पनि, तिनीहरूको साथमा येशू हुनुहुन्छ र उहाँले तिनीहरूलाई कहिल्यै छोड्नु हुनेछैन भन्‍ने प्रतिज्ञा तिनिहरूसित सधैँ छ‌। यसबारे मनन गर्दा तपाईंमा के-कस्ता विचार र अनुभूति आउँछन्‌?

• प्रार्थना गर्न केही समय निकाल्नुहोस्‌। येशूप्रतिको आफ्‍नो भरोसा र कृतज्ञतालाई व्यक्त गर्नुहोस्। तपाईंको हृदयमा गह्रौँ भई बसेका कुराहरूबारे परमेश्‍वरसँग कुरा गर्नुहोस्। अनि तपाईंले सामना गरिरहनु भएका कठिन परिस्थितिहरू बीच उहाँको उपस्थिति देख्‍न र अनुभव गर्न सहायता गर्नुहोस् भनि उहाँसँग प्रार्थना गर्नुहोस्।

Dag 16Dag 18

Om denne planen

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्‍नहरूलाई समावेश गरेको छ।

More