BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितPrøve
धेरैजसो यहूदीहरूले तिनीहरूका मसीहबारे निश्चित अपेक्षाहरू गरेका थिए। प्रतिज्ञा गरिएका आफ्ना राजाले शासन गर्नुहुनेछ र तिनीहरूलाई रोमी दमनबाट छुटकारा दिनुहुनेछ भन्ने तिनीहरूले ठानेका थिए। त्यसकारण जब येशू आउनुभयो र समाजका त्यागिएका मानिसहरूसँग उठबस गर्न र परमेश्वरको राज्यको बारेमा नम्रतापूर्वक घोषणा गर्न थाल्नुभयो, तब कतिपयले उहाँलाई मसीहको रूपमा चिनेनन् र उहाँको शासनलाई हिंसात्मक रूपले विरोध समेत गरे। हास्यास्पद कुरा के छ भने, येशूको शासन स्थापित गर्न परमेश्वरले प्रयोग गर्नुभएको साधन तिनीहरूकै विरोध थियो अनि क्रूसीकरण, पुनरुत्थान र स्वोर्गारोहणद्वारा येशू स्वर्गमा यहूदीहरू र सबै जातिको राजाको रूपमा सिंहासनमा विराजमान हुनुभएको छ। अब यो खण्डमा, पावलले यही सन्देश थेस्सलोनिके, शहर र एथेन्समा प्रचार गरेको अनुभव लूकाले हामीलाई बताउँछन्।
थेस्सलोनिकेमा हुँदा, पावलले मसीहले कष्ट भोग्नुपर्छ र राजाको रूपमा शासन गर्न उहाँ फेरि बौरी उठ्नुहुनेछ भनेर अगमवक्ताहरूले सधैँ भनेका कुरा हिब्रू धर्मशास्त्रबाट देखाए। प्राचीन अगमवक्ताले भनेको कुरासँग येशूको कुरा मेल खान्छ भनेर पावलले औँल्याए र धेरै मानिसहरू यो कुरामा विश्वस्त भए। पावलका स्रोताहरू बढ्दै गएपछि केही डाही यहूदीहरूले पावललाई सारा संसार नै उलटपुलट पारेको र नयाँ राजा घोषणा गरेको आरोप लगाउन शहरका मुख्य व्यक्तिहरूलाई उक्साए। रोमी उपनिवेशका अगुवाहरूले सम्राटलाई रिस उठाउन चाहँदैन थिए, त्यसकारण यो निकै गम्भीर दोषारोपण थियो जसले गर्दा पावलको ज्यानै जान सक्थ्यो। त्यसकारण शहर शहरमा येशूको राज्यको सुसमाचार सुनाउन पावललाई थिस्सलोनिकेमा पठाइयो। त्यहाँ हुँदा, पावलले सुन्न र अध्ययन गर्न अनि यो सन्देश हिब्रू धर्मशास्त्र अनुसार छ भनेर सुनिश्चित गर्न उत्सुक पुरुष र महिलाहरू भेट्टाए। शहरका धेरै मानिसहरूले येशूलाई पछ्याउन थाले तर तिनलाई बेरियाबाट पनि बिरोध गर्न थिस्सलोनिकेका यहूदीहरू त्यहाँ आएपछि पावलको अभियान अवरुद्ध भयो। यसले गर्दा पावल एथेन्स गए, जहाँ तिनीहरूको “अज्ञात देवता” को साँचो परिचय दिन र येशूको पुनरुत्थानको महत्त्वबारे व्याख्या गर्न उनी विचारहरूको मुख्य बजार छिरे।
पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:
• यहूदीहरूले पावललाई सारा संसार नै उलट-पुलट पारेको आरोप लगाए। सांसारिक राज्यहरूको लोभी मूल्य-मान्यता मन पराउनेहरूलाई येशूको नयाँ उल्टो प्रकारको राज्यको सन्देश रिस उठ्दो लाग्छ। तर येशूका मार्गहरूले संसारलाई तहसनहस पार्ने आत्म-केन्द्रित मूल्य-मान्यतालाई मात्रै रिस उठाउँछ। उदाहरणको लागि, यो संसारमा समाधान गर्न आवश्यक एउटा कुरा के हो? येशूका मूल्य-मान्यता र शिक्षा पछ्याएर त्यसले कसरी त्यहाँ पुनर्स्थापना ल्याउँछ? त्यो पूरा भएको हेर्न के-कस्ता स्वार्थी मूल्य-मान्यताहरूलाई उल्टाइदिनु पर्छ?
• प्रेरित १७:११-१२ लाई पुनरावलोकन गर्नुहोस्। बेरिया वासीले के-के दुई वटा उदाहरणीय कुराहरू गरे जसले तिनीहरूलाई येशू नै साँच्चै मसीह हुनुहुन्छ भन्ने निष्कर्ष निकाल्न सहायता गर्यो? व्यक्तिको मनसाय र कार्यहरूमा यी दुईमध्ये एउटा मात्रै सक्रिय छ भने के हुन्छ भन्ने तपाईंलाई लाग्छ? यी दुवै मनसाय र कार्यमा उन्नति गर्न तपाईंको लागि व्यवहारिक कुरा के होला?
• पावलले एथेन्समा दिएको सन्देशलाई ध्यान दिएर पुनरावलोकन गर्नुहोस्। मानव जातिसँग परमेश्वरको निकटता र सम्बन्ध बारे उनी के भन्छन्? मानव जातिको पहिचान र उद्देश्यबारे पावल के भन्छन्? येशूबारे उनी के भन्छन्? पावलको सन्देशले तपाईंलाई आज कसरी प्रभाव पार्छ?
• तपाईंका मननलाई प्रार्थनामा बदल्नुहोस्। तपाईंलाई सृष्टि गरेकोमा परमेश्वरलाई धन्यवाद दिनुहोस्। उहाँले आफैलाई चिनाउनु भएकोमा र नजिक ल्याउनु भएकोमा उहाँलाई धन्यवाद दिनुहोस्। अनि उहाँका बारेमा सिक्नको लागि धर्मशास्त्रको अध्ययन गर्न र उहाँको राज्यको शक्ति पुनर्स्थापित गर्न नवीकरण भएको स्नेह, ध्यान र धैर्यता पाउँ भनि उहाँलाई अनुरोध गर्नुहोस्।
Skriften
Om denne planen
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्नहरूलाई समावेश गरेको छ।
More