YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नुSample

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

दिन 2 को 4

डरलाई धुलोमा मिल्काउनुहोस्

प्रतियोगिताको समयमा

प्रतिस्पर्धाको दिनले भावनाहरूको मिश्रण ल्याउँछ। तपाईं यस बिन्दुमा पुग्नको लागि आफ्नो कडा प्रशिक्षण र बलिदानहरूको परिणामहरू प्रदर्शन गर्न लाग्दै हुनुहुन्छ। तर डर, शङ्का र स्नायुका भावनाहरू भित्र पस्न सक्छन्। यदि तपाईं सावधान हुनुहुन्न भने, यसले तपाईंलाई पक्षाघात गर्न सक्छ र तपाईंलाई राम्रो प्रदर्शन गर्नबाट रोक्न सक्छ। तपाईको शरीर बलियो हुँदा चिन्ता र डरसँग लड्न तपाईले धेरै आवश्यक उर्जालाई विचलित बनाँउछ।

चोटबाट फर्किए पछि सिन्डी सेम्बरको पहिलो दौडको बिहान धेरै चिन्ता र भयमा डुबिरहनु भएको थियो । यी उहाँको केहि सोचाईहरु थिए ।

  • म चिन्तित थिएँ, एक भयानक समयमा दौडदै थिए जस्ले डाक्टरहरुलाई सहि सावित गर्नेछ ।
  • म चिन्तित थिएँ कि मेरो दुखाइ निको भएन, र म फेरि आफैंलाई चोट पुर्याउने जोखिममा दौडिनेछु।
  • मलाई प्रतिस्पर्धामा फर्कन मद्दत गर्नेहरूलाई निराश पार्छु भनेर चिन्तित थिएँ।

“सिन्डीले भनिन्, मैले परमेश्वरमा मेरो विश्वास र उहाँको वचनले म को हुँ भन्ने कुरामा भर पर्नु परेको थियो। मैले नतिजाबाट मेरो पहिचान अलग गर्नुपर्यो। मलाई खेलाडि बन्न सृष्टि गर्नुहुनेमा मेरो पहिचान राख्नु आवश्यक थियो। ”

जब यी भावनाहरूले सिन्डीजस्तै तपाईलाई कम्जोर बनाँउन थाल्छ, आफैलाई सम्झनुहोस् कि परमेश्वर को हुनुहुन्छ र उहाँले तपाई मार्फत के गर्न सक्नुहुन्छ। परमेश्वरले आफ्नो शक्तिले हामी भन्दा धेरै गर्न सक्नुहुन्छ। त्यसले मात्र तपाईलाई आशा दिनुपर्छ।

आफ्नो दिमागलाई सहज बनाउन तपाईंले गर्न सक्ने एउटा कुरा बाइबल पदहरू लेख्नु हो। तिनीहरूलाई लेखेर र ठूलो स्वरले भन्नाले तपाईंलाई शान्त महसुस गर्न मद्दत गर्न सक्छ। यहाँ केही पदहरू छन् जुन सिन्डीले दौडने दिनहरूमा सोच्नुहुन्थ्यो ।

  • मानवीय समझ शत्तिको सट्टा सम्पुर्ण ह्दयले परम्प्रभुमा भरोसा राख र उहाँको अधिनमा बस् । (हितोपदेश ३ः५–६)
  • बलियो हुनुहोस्, साहसी हुनुहोस् र नडराउनुहोस्, परमेश्वर तपाईंको साथमा हुनुहुन्छ।(यहोशु १ः९)
  • पुरस्कार जित्न दौडनुहोस् (१ कोरिन्थि ९ः२४)

धर्मशास्त्रले आफ्नो ह्दय भरेर, तपाई भित्र पस्न डर र शंकाको लागि ठाँउ छोड्नुहुन्न । तिनीहरु भित्र पसे पनि प्रार्थना जारी राख्नुहोस् । (२ कोरिन्थि १०ः५) ले आफ्ना विचारहरुलाई बन्दि बनाउन भन्छ, जस्ले विश्वासको विउ रोप्छ परमेश्वरको निश्वार्थ प्रेम अनुभव गर्दछ ।

यो खेलको दिन हो। आफ्नो शङ्काहरू छोड्नुहोस् र उहाँको महिमाको लागि खेल्नुहोस् ।

कार्यगत बुदाहरुः

  • केहि पदहरु खोज्नुहोस् जसले तपाइको मष्तिस्कलाई शान्त पार्न र तपाईको दृष्टिकोण ब्यबस्थापन गर्न मधत गर्दछ । ति पदहरुलाई लेख्नुहोस् र देखिने ठाँउमा टाँस्नुहोस् ।
  • बाइबल पदहरु चर्को स्वरमा र आफ्ना् दिमागमा सम्झने गरि दाहोर्याएर पढ्नुहोस् ।
  • तपाईंको दौड वा खेल अघिको क्षणहरूमा, प्रार्थना गर्नुहोस् कि परमेश्वरले तपाईंलाई शक्ति दिनुहुन्छ र परिणामहरू उहाँलाई छोड्नुहोस्। उसको माया निस्वार्थ छ१ यसलाई बानी बनाउनुहोस्।

प्रार्थना

प्रिय येशू, मलाई बलियो र साहसी हुन मद्दत गर्नुहोस्। मलाई थाहा छ तपाँई सधै मेरो साथमा हुनुुहुन्छ । मलाई मेरो शंकाहरू छोड्न र तपाईंको महिमाको लागि प्रतिस्पर्धा गर्न मद्दत गर्नुहोस्। मलाई बल दिनुहोस्। येशुको नाममा, आमेन।

Day 1Day 3

यस योजनाको बारेमा

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

बेलायती हडर्लर सिन्डी सेम्बरले प्रतिस्पर्धामा आफुले आत्म–शंका र चिन्तालाई कसरी जितिन भनेर बताए कि छिन् । सिन्डीले खेलाडिहरुलाई भन्नुहुन्छ, परमेश्वरको प्रतिज्ञाहरुमा भरोसा राख्दा सबै डरहरुबाट विश्वासमा फर्कन केन्द्रित हुन्छ र प्रतिस्पर्धामा शक्ति मिल्छ । यो योजनाले भयलाई विश्वासमा बदल्ने सरल व्यबहारिक तरिकाहरु दिन्छ । यसले तपाँइलाई खेलकुद र जीवन दुबैमा शान्ति र आत्मविश्वास पाउन मद्यत गर्दछ । यो तपाँइले प्रतिस्पर्धा गर्नु अघि र पछि प्रयोग गर्दा प्रतिस्पर्धाको श्रृंखलामा थप उत्साहको एक मार्ग हो ।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा Athletes In Action लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: yv.cru.academy/landing/aia