YouVersion लोगो
खोज आइकन

बोलावटनमूना

बोलावट

दिन 3 को 3

मैले कहाँबाट सुरु गर्ने?

तपाईंलाई जे गर्न मन पर्छ त्यसैबाट सुरु गरौं।

तपाईंलाई के-कस्ता प्रतिभाहरू दिइएका छन्?

के तपाईं खाना पकाउनमा राम्रो हुनुहुन्छ? के तपाईं लेख्न र पढ्न सक्नुहुन्छ? के तपाईं राम्रो फोटो खिच्नुहुन्छ? के तपाईं मानिसहरूसँग राम्ररी घुलमिल गर्न सक्नुहुन्छ? के तपाईं धैर्यसँग सुन्नुहुन्छ? के तपाईंलाई केटाकेटीहरू मन पर्छ? के तपाईंले राम्रो भिडियो खिच्नुहुन्छ? के तपाईंलाई घरको सरसफाइ कसरी गर्ने भन्ने थाहा छ?

तपाईंलाई जे गर्न मन पर्छ त्यसैबाट सुरु गर्नुहोस्।

तपाईंलाई जे गर्न मन पर्छ त्यो अरू बढी गर्नुहोस्।

तपाईंको वरिपरिका मानिसहरूका निम्ति त्यो तपाईंलाई गर्न मन पर्ने काम गर्नुहोस्।

त्यसलाई प्रेमपूर्वक गर्नुहोस्।

अनि परमेश्वरको निम्ति जसरी गर्नुहुन्छ त्यसरी नै गर्नुहोस्, आफ्नो तर्फबाट सक्दो गर्नुहोस्।

बोलावटको प्रतिउत्तर केही पनि नगरिकन पूरा गर्न सकिँदैन। यो तपाईं जहाँ हुनुहुन्छ त्यहीँबाट सुरु हुन्छ।

जब तपाईंले आफ्ना वरदानहरू र प्रतिभाहरूले मानिसहरूको सेवा गर्नुहुन्छ, मानिसले प्रेम गरिएको अनुभव गर्छन्; याद राख्नुहोस् प्रेम कहिल्यै असफल हुँदैन!

यो एकदम होसियारीसँग स-साना कुराहरूको गराइबाट सुरु हुन्छ। सानोभन्दा सानो काममा पनि, परमेश्वरको प्रेम भेट्टाउन सकिन्छ।

तर त्यत्तिकै नबस्नुहोस्; तपाईंसँग जे छ त्यसैबाट सुरु गर्नुहोस्। अनि जसै तपाईंले परमेश्वरसँग धेरैभन्दा धेरै समय बिताउनुहुन्छ, उहाँले तपाईंलाई स्पष्टसँग बाटो देखाउनुहुनेछ। उहाँले तपाईंलाई डोर्‍याउनुहुनेछ र रात-दिन बाटो देखाउनुहुनेछ।

अहिले तपाईंको हातमा के छ?

उहाँलाई तपाईंका पाँच रोटीहरू र दुई माछाहरू दिनुहोस्, वा ती खाली हातहरू दिनुहोस्।

तर कहीँ न कहीँबाट सुरु गर्नुहोस्।

“किनभने सबैकुरा शुन्यबाट सुरु हुन्छ र यो तपाईंबाट सुरु हुन्छ!

धर्मशास्त्र

दिन 2

यस योजनाको बारेमा

बोलावट

बोलावट एउटा बाइबल योजना हो जुन जेरो कन (शून्य सम्मेलन)बाट सुरु भएको थियो। यो ख्रीष्टको शरीरमा प्रत्येक अङ्गको महत्त्वलाई पहिचान गर्दै र अरूहरूको सेवा गर्ने हाम्रा वरदानहरू र प्रतिभाहरूको प्रयोग गर्दै, अनलाइन वा अफलाइनको संसारमा जाने र उहाँको प्रेमको विषयमा बताउने परमेश्वरको बोलावटको प्रतिउत्तरमा केन्द्रित ३ दिने यात्रा हो; जुन हामी अहिले रहकै स्थानबाट सुरु हुन्छ।

More

हामी यो योजना प्रदान गर्नुभएकोमा Zero लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.zerocon.in/