बोलावटSample

के तपाईंले बोलावट सुन्दै हुनुहुन्छ?
हामी सबैको जीवनमा बोलावट – जाने बोलावट छ।
“सारासंसारमाजाओरसुसमाचारप्रचारगर।”
त्यहाँ हाम्रो जीवन कालमा त्यस्ता मानिसहरू छन् जसलाई हामी आफ्नो जीवनबाट येशु झल्काउँछौं र तिनीहरूले देख्न सक्ने येशु भनेको हामी मात्रै हुन सक्छौँ। दुःखी आत्माहरूले युक्त संसारमा हामीसँग उहाँको अनुग्रहको साँचो छ। हामीलाई उहाँको प्रेम देखाउन, उहाँको ज्योति चम्काउन र उहाँको मुहार प्रकट गर्न बोलाइएको छ।
हामीलाई वरदानहरू र प्रतिभाहरू दिइएका छन्, त्यहाँ त्यस्ता औजारहरू छन् जुन चलाउन हामी सिपालु छौँ; त्यसैले अर्को व्यक्तिलाई येशु चिनाउन हामीले तिनीहरूको प्रयोग किन नगर्ने?
यो एउटा राम्रो तरिका हो...
त्यहाँ सुसमाचारमा रहेको खुशीको खबर नसुनेका मानिसहरू छन्।
तिनीहरूले उहाँको प्रेमको स्वाद चाखेका छैनन्।
तिनीहरूले अनुग्रह र पाप-क्षमाको अनुभव गरेका छैनन्। तिनीहरूलाई परमेश्वरको साक्षात् पवित्र उपस्थिति महसुस गर्नु कस्तो हुन्छ भन्ने थाहा छैन।
तिनीहरूले देखेका छैनन्, तिनीहरूले स्वाद चाखेका छैनन्, तिनीहरूले ... सुनेका छैनन्।
देखाउन र छर्न बोलाइएको छ, बोल्न र सुन्न बोलाइएको छ। सृजना गर्न बोलाइएको छ।
के तपाईंले बोलाइरहनुभएको उहाँको आवाज सुन्दै हुनुहुन्छ?
उहाँको बोलावटप्रति तपाईंको प्रतिउत्तर के हुनेछ?
के यो “म यहाँ छु, मलाई पठाउनुहोस्” भन्ने हुनेछ?
वा “अरू कसलाई नै पठाउनुहोस्” भन्ने हुनेछ?
बोलावट उहाँको असीम प्रेम थाहा पाउने जो कोहीका लागि हो। तपाईंले जसरी अरू कसैले यो पूरा गर्न सक्दैन, तपाईं माथिबाटको एउटा अद्भूत वरदान हुनुहुन्छ।
तपाईं महत्त्वपूर्ण हुनुहुन्छ। बोलावटप्रति तपाईंको आज्ञाकारिताले महत्त्व राख्छ।
बोलावटको प्रतिउत्तर दिने नदिने तपाईंको रोजाइ हो।
राम्री रोज्नुहोस्। जीवन रोज्नुहोस्। प्रेम रोज्नुहोस्।
जान रोज्नुहोस्।
धर्मशास्त्र
यस योजनाको बारेमा

बोलावट एउटा बाइबल योजना हो जुन जेरो कन (शून्य सम्मेलन)बाट सुरु भएको थियो। यो ख्रीष्टको शरीरमा प्रत्येक अङ्गको महत्त्वलाई पहिचान गर्दै र अरूहरूको सेवा गर्ने हाम्रा वरदानहरू र प्रतिभाहरूको प्रयोग गर्दै, अनलाइन वा अफलाइनको संसारमा जाने र उहाँको प्रेमको विषयमा बताउने परमेश्वरको बोलावटको प्रतिउत्तरमा केन्द्रित ३ दिने यात्रा हो; जुन हामी अहिले रहकै स्थानबाट सुरु हुन्छ।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Zero लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.zerocon.in/
Related Plans

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

पुनस्थापनालाई रोज्नु

ग्रेसको गान (Anthem of Grace)

उद्धार

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
