तपाईँको जीवनको सबैभन्दा ठूलो निर्णय!Sample
![तपाईँको जीवनको सबैभन्दा ठूलो निर्णय!](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F39225%2F1280x720.jpg&w=3840&q=75)
"मुक्ति: परमेश्वरको भाग र तपाईँको भाग"
तपाईँको मुक्तिले दुई महत्त्वपूर्ण निर्णयहरू सँगै ल्याउँछ। पहिलो निर्णय भनेको उहाँको पुत्रलाई हाम्रो एक मात्र मुक्तिदाता हुन संसारमा पठाउनको लागि धेरै पहिले नै गर्नु भएको थियो। दोस्रो भनेको उहाँको पुत्रलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्ने तपाईँको निर्णय हो।
"किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो— कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ। " एफिसी २:८-९
अनुग्रहलाई अयोग्य वा आर्जन नगरिएको पक्षको रूपमा परिभाषित गरिएको छ। अनुग्रह मुक्तिमा परमेश्वरको भाग हो, र उहाँले मानवजातिलाई सिद्ध वरदान येशु ख्रीष्टको रूपमा आफ्नो अनुग्रह विस्तार गर्नुहुन्छ। क्रुस मार्फत येशुले हाम्रा पापहरूको दण्डको लागि पूर्ण भुक्तानी गर्नुभयो। र परमेश्वरको अनुग्रहको व्यक्तित्व येशु मार्फत हामीलाई कुनै पनि राम्रो कामको आवश्यकता पर्दैन वा हामीले कहिल्यै भुक्तान गर्न सक्दैनौँ। हामी हाम्रो मुक्ति कमाउन सक्दैनौं; यो सबैको लागि उपलब्ध एक निःशुल्क उपहार हो, हाम्रो तर्फबाट कुनै भुक्तानी आवश्यक पर्दैन।
विश्वासलाई भौतिक रूपमा देख्न वा छुन नसकिने भएता पनि कुनै चीज अवस्थित छ भन्ने प्रमाणको रूपमा परिभाषित गरिएको छ। मुक्तिमा हाम्रो भागको लागि विश्वास आवश्यक छ र हाम्रो इच्छाको एक कार्यको रूपमा विश्वासद्वारा हामी येशुलाई हाम्रो जीवनको प्रभु बनाएर हाम्रो जीवन परमेश्वरमा समर्पण गर्न छनौट गर्छौं। विश्वासद्वारा येशु ख्रीष्ट मार्फत परमेश्वरको अनुग्रह प्राप्त गरिसकेपछि तपाईँ निस्सन्देह स्वर्गमा परमेश्वरसँग अनन्तकालको लागि निश्चित हुनुहुन्छ। तपाईँ त्यो तथ्यको १००% निश्चित हुन सक्नुहुन्छ!
जबकि असल कामहरूले हाम्रो मुक्ति कमाउन सक्दैन, तिनीहरूले येशुलाई ग्रहण गरेपछि हाम्रो ख्रीष्टियान जीवन जिउन महत्त्वपूर्ण भूमिका खेल्छन्।
"किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। " एफिसी २:१०
हाम्रो प्रत्येक जीवनको लागि परमेश्वरको एउटा विशेष उद्देश्य छ, जसको विवरणहरू धेरै हदसम्म तपाईँ र उहाँको बीचमा छन्। तर उहाँका सबै छोराछोरीहरूका लागि एक साझा उद्देश्य छ र त्यो हो कि हामीले असल कामहरू गरेर हाम्रो विश्वासलाई कार्यमा लगाउँछौं। जब हामी गर्छौं, हामीले हाम्रो जीवनको लागि परमेश्वरको योजनाको महत्त्वपूर्ण भाग पूरा गर्छौं, र हामीले अरूलाई उहाँको प्रेम चम्काउने विशेषाधिकार पाउँछौं। मुक्ति नयाँ सुरुवात र अन्त्य दुवै हो र उत्सवको कारण हो। सदाको लागि बदलिनुभएको तपाईँ नयाँ सृष्टि हुनुहुन्छ!
धर्मशास्त्र
यस योजनाको बारेमा
![तपाईँको जीवनको सबैभन्दा ठूलो निर्णय!](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F39225%2F1280x720.jpg&w=3840&q=75)
जीवनका अधिकांश निर्णयहरू कुनै न कुनै कुराको लागि महत्त्वपूर्ण हुन्छन्। यद्यपि, केवल एउटा निर्णय सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यदि तपाईँ परमेश्वरको मुक्तिको उपहार जस्तो एक असाधारण निर्णयको गहिरो समझको लागि एक साधारण मार्ग निर्देशन खोज्दै हुनुहुन्छ भने यहाँ सुरु गर्नुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित पुस्तक “आउट अभ दिस ओर्ल्ड; ए क्रिष्टियनस् गाइड टु ग्रोथ एण्ड पर्पोज” बाट लिइएको छ।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Twenty20 Faith, Inc. लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.twenty20faith.org/devotion1?lang=ne
Related Plans
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)