तपाईँको जीवनको सबैभन्दा ठूलो निर्णय!Sample
![तपाईँको जीवनको सबैभन्दा ठूलो निर्णय!](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F39225%2F1280x720.jpg&w=3840&q=75)
"हामी सबैलाई मुक्तिदाता चाहिन्छ"
जब परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुभयो, उहाँले तिनीहरूलाई पापरहित र उहाँसँग एक सिद्ध सम्बन्धमा बनाउनुभयो। जब तिनीहरूले उत्पत्तिको तेस्रो अध्यायमा परमेश्वरको आज्ञालाई अवज्ञा गरे, तिनीहरूले आफ्नो जीवनमा र सम्पूर्ण मानव जातिमा पाप ल्याए। रोमी ३:२३ ले आदम र हव्वाको निर्णयको दूरगामी प्रभावलाई वर्णन गर्दछ।
"किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। " रोमी ३:२३
कोही पनि पाप र यसको प्रभावबाट मुक्त छैन; हामी सबै दोषी छौँ। फलस्वरूप, हामी सबै परमेश्वरबाट अलग छौँ। हाम्रो पापले पनि अनन्त परिणाम निम्त्याउँछ।
"किनकि पापको ज्याला मृत्यु हो।" रोमी ६:२३क
आदम र हव्वाले परमेश्वरप्रति गरेका अनाज्ञाकारीताको निर्णयको कारण, तिनीहरू र तिनीहरूका सबै सन्तान (मानव जाति) को लागि दुबै शारीरिक र आत्मिक रूपमा मृत्यु अपरिहार्य भयो। तिनीहरूको असफलता पछि, परमेश्वरले एउटा निर्णयको सामना गर्नुपर्यो: पापलाई मानिसजातिको साथ आफ्नो मार्ग चलाउन अनुमति दिएर मानव जातिको विलुप्तताको परिणाम निम्त्याउन, वा मानवजातिलाई पापको बन्धनबाट बचाउने एक माध्यम प्रदान गर्न। हामी धन्यका छौं कि, उहाँको प्रेम र अनुग्रहको अन्तिम अभिव्यक्तिको रूपमा, परमेश्वरले उहाँको पुत्रद्वारा मुक्तिको माध्यम प्रदान गर्नुभयो।
"किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।" यूहन्ना ३:१६
"तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो" रोमी ६:२३ख
येशु ख्रीष्ट बाहेक, मानवजाति दुवै शारीरिक र आत्मिक मृत्युको लागि लक्षित छ; त्यहाँ कुनै अपवाद छैन। तर हामी मध्ये जो ख्रीष्टमा छौँ, शारीरिक मृत्युले हामीलाई पर्खिरहेको छ, तर आत्मिक मृत्यु (नरक)ले छैन। बरु यो पृथ्वी छोडेपछि हामीलाई स्वर्गमा अनन्त जीवनले पर्खिरहेको छ। येशु ख्रीष्टको सिद्ध बलिदान र उहाँको मृत्युबाट पुनरुत्थानद्वारा हामी पापको आत्मिक दण्डबाट बच्न सक्छौं!
धर्मशास्त्र
यस योजनाको बारेमा
![तपाईँको जीवनको सबैभन्दा ठूलो निर्णय!](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F39225%2F1280x720.jpg&w=3840&q=75)
जीवनका अधिकांश निर्णयहरू कुनै न कुनै कुराको लागि महत्त्वपूर्ण हुन्छन्। यद्यपि, केवल एउटा निर्णय सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यदि तपाईँ परमेश्वरको मुक्तिको उपहार जस्तो एक असाधारण निर्णयको गहिरो समझको लागि एक साधारण मार्ग निर्देशन खोज्दै हुनुहुन्छ भने यहाँ सुरु गर्नुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित पुस्तक “आउट अभ दिस ओर्ल्ड; ए क्रिष्टियनस् गाइड टु ग्रोथ एण्ड पर्पोज” बाट लिइएको छ।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Twenty20 Faith, Inc. लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.twenty20faith.org/devotion1?lang=ne
Related Plans
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)
ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)