तपाईँको जीवनको सबैभन्दा ठूलो निर्णय!Sample
![तपाईँको जीवनको सबैभन्दा ठूलो निर्णय!](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F39225%2F1280x720.jpg&w=3840&q=75)
"परमेश्वरले तपाईँलाई हृदयमा अनन्तता सँग सृष्टि गर्नुभयो"
जब परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो, उहाँसँग हाम्रो अस्तित्वको लागि ७० वा ८० वर्षको योजना भन्दा धेरै थियो। हाम्रो प्रत्येक जीवनको लागि उहाँको एक विशेष उद्देश्य छ। उहाँको योजना हाम्रो पार्थिव जीवन र हाम्रो स्वर्गीय (वा अनन्त) दुवैमा फैलिएको छ। याकूब ४:१४ ले हाम्रो अस्तित्वका यी दुई पक्षहरू बीचको भिन्नतालाई वर्णन गर्दछ। यसले भन्छ,
“तिमीहरूको जिन्दगी के मूल्य छ र? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्ति देखिन्छ, अनि हराइहाल्छ।" याकूब ४:१४
"जीवन छोटो छ" भन्ने भनाइ तपाईँले सुन्नुभएको छ। अनन्तताको नजरमा यो छोटो नै छ! बाइबलले भन्छ,
"जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ " हिब्रू ९:२७
हामी सबै शारीरिक मृत्युको अधीनमा छौँ। तर शारीरिक मृत्यु भनेको हाम्रो भौतिक शरीरको अन्त्य मात्र हो, हाम्रो आत्मा होइन। हाम्रो आत्मा, वा हाम्रो शरीर भित्र रहने हाम्रो चेतन अस्तित्व, अनन्तको छ। हाम्रो आत्माले हाम्रो शारीरिक मृत्यु पछि समस्त अनन्तकाल समय दुई ठाउँमा बिताउनेछ: स्वर्ग वा नरक।
स्वर्ग अनन्त स्वर्गलोक हो जहाँ परमेश्वर रहनुहुन्छ।
नरक परमेश्वरबाट पूर्ण अलग हुने अवस्था हो।
यस संसारमा हाम्रो प्राकृतिक जन्म पृथ्वीमा हाम्रो अस्थायी, भौतिक जीवनको शुरुवात मात्र थिएन, तर हाम्रो आत्मिक जीवन यहाँ र अनन्तकालसम्म पनि थियो। त्यसैले अनन्तताको नजरमा, कसै-कसैले हाम्रो पार्थिव जीवनलाई तुच्छ देख्न सक्छन्, तर यो खास सत्य होइन। तपाईँको अनन्त गन्तव्य वास्तवमा तपाईँले पृथ्वीमा तपाईँको समयको अवधिमा गर्ने निर्णयहरूद्वारा निर्धारण गरिन्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा त येशु ख्रीष्टलाई तपाईँको जीवनको प्रभु बनाउने निर्णय। मुक्ति येशु ख्रीष्ट मार्फत हामी सबैको लागि उपलब्ध छ, र उहाँद्वारा मात्र हामी हाम्रो गन्तव्यलाई परमेश्वरबाट अलग गरिएको अनन्तकाल बिताउनबाट, स्वर्गमा परमेश्वरसँग अनन्तकाल जीवन बिताउनको लागि परिवर्तन गर्न सक्छौं। येशुले भन्नुभयो:
"बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।” यूहन्ना १४:६
हामीले हाम्रो पार्थिव जीवनमा गर्ने निर्णयहरू अन्य कारणहरूका लागि पनि महत्त्वपूर्ण छन्। विश्वासीहरूको रूपमा जिउने हाम्रो तरिकाले अरूको अनन्त गन्तव्यमा प्रभाव पार्न सक्छ जसले येशु ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा चिन्दैनन्। हरेक दिन, हाम्रो वरपरका मानिसहरूले ख्रीष्टको लागि जिउने हाम्रो उदाहरण हेरिरहेका छन्। ख्रीष्टियानहरूको रूपमा, परमेश्वरले हामी प्रत्येकलाई हाम्रो वरपरका मानिसहरूलाई स्वर्ग ल्याउन प्रयोग गर्नुहुन्छ जसले उहाँलाई अझै चिन्दैनन्। येशुले भन्नुभयो:
"तिमीहरू संसारका ज्योति हौ। ... तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। " मत्ती ५:१४-१६
यस योजनाको बारेमा
![तपाईँको जीवनको सबैभन्दा ठूलो निर्णय!](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F39225%2F1280x720.jpg&w=3840&q=75)
जीवनका अधिकांश निर्णयहरू कुनै न कुनै कुराको लागि महत्त्वपूर्ण हुन्छन्। यद्यपि, केवल एउटा निर्णय सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यदि तपाईँ परमेश्वरको मुक्तिको उपहार जस्तो एक असाधारण निर्णयको गहिरो समझको लागि एक साधारण मार्ग निर्देशन खोज्दै हुनुहुन्छ भने यहाँ सुरु गर्नुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित पुस्तक “आउट अभ दिस ओर्ल्ड; ए क्रिष्टियनस् गाइड टु ग्रोथ एण्ड पर्पोज” बाट लिइएको छ।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Twenty20 Faith, Inc. लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.twenty20faith.org/devotion1?lang=ne
Related Plans
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)
ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)