उद्देश्यले भरिएको जीवन जिउनुहोस्!नमूना

"ख्रीष्टियनहरूसँगको सङ्गति"
अन्य विश्वासीहरूलाई प्रोत्साहन, प्रेम र सामर्थ्य दिनु हाम्रो सबैभन्दा ठूलो प्राथमिकताहरू मध्ये एक हो। तथ्य यो हो कि हामीलाई एक अर्काको आवश्यकता छ। परमेश्वरले त्यसलाई यसरी नै बनाउनुभयो । परमेश्वरले कसैलाई "एक्लै यात्रा गरेको" चाहनुहुन्न।
"हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ। हिब्रू १०:२४-२५
सत्य यो हो कि अन्य ख्रीष्टियानहरु सँग सम्बन्ध निर्माण हाम्रो आफ्नै विकासको लागी महत्वपूर्ण छ। परमेश्वरले प्रायः हाम्रो लागि "ईश्वरीय नियुक्तिहरू" तयार गर्नुहुन्छ एक अर्कालाई सेवा गर्न वा प्रोत्साहन दिनको लागि जसमा सायद हामी मात्र सक्छौँ।
"एकभन्दा दुई असल हो, किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्। यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ। तर लोट्दा पनि उठाउने कोही साथी नहुने बिचरा! त्यस्तै यदि दुई जना सँगै सुते भने ती न्याना हुन्छन्, तर एकलै त कसरी न्यानो हुने? एक जनालाई कसैले जित्ला, तर दुई जनाले त आफ्ना सुरक्षा गर्न सक्छन्। तीन सूतले बाटेको डोरी चाँड़ै चुँडिँदैन। उपदेशक ४:९-१२
संख्यामा बलको सिद्धान्त ख्रीष्टियानहरूमा पनि लागू हुन्छ, र सँगी विश्वासीहरूसँगको बलियो सम्बन्धले हामीलाई परमेश्वरसँगको हिँडाइमा बढ्न मद्दत गर्छ!
स्थानीय मण्डली स्थापना गर्ने परमेश्वरको योजना तपाईँलाई अन्य विश्वासीहरूसँग जोड्नको लागि थियो। यसमा संलग्न हुनुहोस् र ख्रीष्टमा रहेका आफ्ना सँगी भाइबहिनीहरूबाट आशिष लेनदेन गर्ने फाइदाहरूको आनन्द लिनुहोस्!
धर्मशास्त्र
यस योजनाको बारेमा

आनन्दित, उद्देश्यले भरिएको जीवन सम्बन्ध, प्रेम र विश्वासमा आधारित छ। यदि तपाईँ आफ्नो जीवनको लागि परमेश्वरको योजनामा थप स्पष्टता खोज्दै हुनुहुन्छ भने, आफ्नो अनुसरण र खोजमा ध्यान केन्द्रित गर्न यो योजनामा संलग्न हुनुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Twenty20 Faith, Inc. लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.twenty20faith.org/devotion1?lang=ne
सम्बन्धित भक्त्ति पाठहरू

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
इस्राएल र यहूदी जातिप्रति घृणा

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

आज्ञा दिनुहोस् – जीरो सम्मेलन

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
