उद्देश्यले भरिएको जीवन जिउनुहोस्!Sample
![उद्देश्यले भरिएको जीवन जिउनुहोस्!](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F39221%2F1280x720.jpg&w=3840&q=75)
“परमेश्वरप्रतिको हाम्रो प्रेम बढाउँदै लैजानु”
एक मित्र वा परिवारको सदस्यसँगको भन्दा परमेश्वरप्रतिको प्रेम विकास गर्नु अलि बढी चुनौतीपूर्ण छ। एउटा प्रमुख कारण यो छ कि हामीले भौतिक रूपमा परमेश्वरलाई देख्न सक्दैनौँ। त्यसकारण, परमेश्वरप्रतिको प्रेम कायम राख्न र बढाउन विश्वास चाहिन्छ।
"अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो। ।" हिब्रू ११:१
विश्वासले हामीलाई हाम्रो हृदयबाट साँचो प्रेमलाई प्रत्यक्ष रूपमा परमेश्वर सम्म पुर्याउन मद्दत गर्छ, यद्यपि हामीले उहाँलाई हाम्रो शारीरिक आँखाले देख्न सक्दैनौँ। परमेश्वरप्रतिको हाम्रो प्रेम बढाउनको लागि हाम्रो क्रिश्चियन जीवनमा विश्वास सक्रिय हुनुपर्छ।
जब हामी परमेश्वरको वचन पढ्छौं, उहाँको प्रेम र हाम्रो जीवन र अरूसँगको संलग्नता देख्छौँ, र प्रार्थनामा उहाँसँगको सङ्गतिमा बिताउँछौँ, हामी परमेश्वरलाई अझ बढी चिन्न थाल्छौँ। समयको यात्रा सँगै उहाँलाई अझ धेरै चिनाइले हाम्रो जीवनमा उहाँप्रतिको साँचो परिपक्व प्रेमलाई बढाउँछ।
उहाँमाथिको हाम्रो विश्वासबाट परमेश्वरप्रतिको प्रेम बढाउनु पनि कार्य मार्फत त्यो प्रेम प्रकट गर्नमा भर पर्छ:
"यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो।" याकूब २:१७
कार्य मार्फत परमेश्वरप्रतिको हाम्रो प्रतिबद्धतासँगै विश्वासद्वारा परमेश्वरप्रतिको हाम्रो प्रेम नै उहाँसँगको सफल, बढ्दो सम्बन्धको लागि आवश्यक रसायन हो।
हाम्रो विश्वासलाई कार्यमा लगाउने फलस्वरूप परमेश्वरप्रतिको हाम्रो प्रेम निश्चित रूपमा बढ्नेछ तर यी कार्यहरूले हाम्रो लागि परमेश्वरको प्रेम र अनुग्रह चाहिँ कमाउँदैनन् भन्ने कुरा बुझ्नु पनि महत्त्वपूर्ण छ।
सत्य यो हो कि हामीले उहाँलाई चिन्नुभन्दा धेरै अघि नै परमेश्वरले हामीलाई घनिष्ठ र बिना शर्त प्रेम गर्नुभएको थियो। उहाँ र अरूको लागि हाम्रो प्रेमको साँचो स्रोत परमेश्वरको प्रेम हो ।
"हामी प्रेम गर्दछौँ, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।" १ यूहन्ना ४:१९
धर्मशास्त्र
यस योजनाको बारेमा
![उद्देश्यले भरिएको जीवन जिउनुहोस्!](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F39221%2F1280x720.jpg&w=3840&q=75)
आनन्दित, उद्देश्यले भरिएको जीवन सम्बन्ध, प्रेम र विश्वासमा आधारित छ। यदि तपाईँ आफ्नो जीवनको लागि परमेश्वरको योजनामा थप स्पष्टता खोज्दै हुनुहुन्छ भने, आफ्नो अनुसरण र खोजमा ध्यान केन्द्रित गर्न यो योजनामा संलग्न हुनुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Twenty20 Faith, Inc. लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.twenty20faith.org/devotion1?lang=ne
Related Plans
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)
ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)