BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाSample

मरियमले बच्चा जन्माउने बेलातिर उनी र उनका हुने वाला दुलहा योसेफ सिजर अगस्टसको आदेशअनुसार जनगणनामा नाउँ दर्ता गराउन बेतलेहेम जानुपर्ने हुन्छ। तिनीहरू बेतलेहेम आइपुग्छन् र मरियमलाई सुत्केरी हुने बेथा लाग्छ। उनीहरूले पाहुना घरमा बस्ने ठाउँ भेट्टाउन सक्दैनन् र तिनीहरूले भेट्टाउन सक्ने एउटै मात्र ठाउँ भनेको जनावरहरू सुत्ने ठाउँ हुन्छ। मरियमले बच्चा जन्माउँछिन् र इस्राएलका भावी राजालाई जनावरले दानापानी खाने डुँडमा सुताउँछिन्।
त्यसको नजिकैतिर गोठालाहरूको एउटा समूहले आफ्ना बगाललाई हेरचाह गर्दैगर्दा अचानक उनीहरूको अगाडि एउटा सुन्दर स्वर्गदूत देखा पर्छन्। निसन्देह, यस घटनाले तिनीहरूलाई पूर्णतया छक्क पाऱ्यो। तर स्वर्गदूतले उनीहरूलाई मुक्तिदाताको जन्म भएकोले रमाहट गर्न भन्छन्। उनीहरूले बच्चालाई लुगाले बेह्रेको र डुँडमा सुतिरहेको भेट्टाउनेछन् भनेर स्वर्गदूतले उनीहरूलाई भन्छन्। स्वर्गदूतहरूको ठूलो गायन टोलीले पृथ्वीमा आफ्नो शान्ति ल्याउनुहुने परमेश्वरको प्रशंसा गीत गाएर रमाहट शुरु गऱ्यो। गोठालाहरूले एक मिनेट पनि खेर फाल्दैनन् र बच्चाको खोजीमा निस्किहाल्छन्। स्वर्गदूतले भनेझैं उनीहरूले येशूलाई डुँडमा भेट्टाउँछन्। उनीहरू तीन छक पर्छन्। उनीहरू आफूले अनुभव गरेका कुरा नबताई बस्न सक्दैनन् र उनीहरूका खबर सुन्ने सबै जना अचम्मित् भए।
यस प्रकारले परमेश्वरको आगमन हुन्छ भने कुरा कसैले पनि अपेक्षा गर्दैनन्––एउटा जनावरको गोठमा किशोरी कन्याको गर्भबाट जन्म भएको र सामान्य गोठालाहरूले त्यसमा रमाहट गरेको। लूकाको कथामा सबै कुरा उल्टो जस्तै लाग्छन् र खास तात्पर्य यहीनै हो। उनले देखाउँदै छन्, कसरी परमेश्वरको राज्य यस्तो फोहोर ठाउँमा अर्थात् प्रतीक्षारत मानिसहरू, विधवाहरू र गरिब वर्गको माझमा आउँछ किनभने येशू यहाँ हाम्रो संसारलाई उलट-पुलट पारेर मुक्ति दिन आउनुभएको छ।
पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्
• गोठालाहरूले स्वर्गदूतको स्तब्ध पार्ने समाचारप्रति कस्तो प्रतिक्रिया देखाउँछन्? तपाईं तिनीहरूको ठाउँमा भएको भए कस्तो महसुस् गर्नुहुन्थ्यो? परमेश्वरको शान्ति यस पृथ्वीमा पशुले दाना खाने डुँडमा सुतिरहेको बच्चाको रूपमा आउने घोषणाप्रति तपाईंको प्रतिक्रिया कस्तो हुन्छ?
•मन्दिरमा बालक येशूको आगमनप्रति सिमोन र हन्नाले कस्तो प्रतिक्रिया देखाउँछन्? कसरी उनीहरूले उहाँलाई इस्राएलको राजा भनेर चिन्छन्?
•तपाईं एक ईश्वरीय राजा कसरी आएको अपेक्षा गर्नुहुन्छ? येशूको आगमनको परिस्थितिले परमेश्वरको राज्यको प्रकृतिबारे के प्रकट गर्छ?
•तपाईंको पढाइ र मननले प्रार्थना गर्न प्रेरित गरोस्। येशूमा परमेश्वरको आगमन भएकोमा उहाँलाई धन्यवाद। उहाँको सन्देशप्रति तपाईं कसरी सहमति हुनुहुन्छ, कहाँ तपाईंलाई विश्वास गर्न गाह्रो भएको छ र आज तपाईंलाई के खाँचो छ, त्यसबारे उहाँसँग प्रार्थना गर्नुहोस्।
धर्मशास्त्र
यस योजनाको बारेमा

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।
More
http://bibleproject.com/nepali
Related Plans

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

बोलावट

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

ग्रेसको गान (Anthem of Grace)

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

पुनस्थापनालाई रोज्नु
