YouVersion लोगो
खोज आइकन

रोमी 2:17-29

रोमी 2:17-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर तिमीहरू आफैंलाई यहूदी हुँ भन्‍छौ र व्यवस्थामा भर पर्दछौ। परमेश्‍वरलाई चिन्‍दछु भनी घमण्‍ड गर्दछौ। परमेश्‍वरले हामीबाट के चाहनुहुन्‍छ, हामीलाई थाहा छ भनी धाक लाउँछौ। तिमीहरू व्यवस्थाबाटै सिकेर ठूलाठूला कुरा गर्दछौ। मनका अन्‍धाहरूलाई डोर्‍याउन सक्‍छौं भनी हाँक दिन्‍छौ। तिमीहरू अध्‍याँरोमा बाटो नदेख्‍नेहरूका लागि आफूलाई साँच्‍चै ज्‍योति सम्‍झन्‍छौ र मूर्ख मानिसहरूलाई ठीक कुरो सिकाउन सक्‍छौं भन्‍छौ। अन्‍जानहरूलाई शिक्षा दिने हामी नै हौं भन्‍छौ अनि परमेश्‍वरको व्यवस्था हामीसँगै भएकोले जान्‍नुपर्ने कुरा हामीलाई नै थाहा छ भनी दाबी पनि गर्दछौ। त्‍यसो हुँदा अरूलाई शिक्षा दिने तिमीहरूले के आफैंचाहिँ शिक्षा पालन गर्दछौ त? अरूलाई चाहिँ चोर्नुहुँदैन भनी प्रचार गर्ने तर के आफूचाहिँ चोर्ने? आफ्‍नो जहानबाहेक अरू स्‍त्री वा पुरूषसँग नराम्रो सम्‍बन्‍ध गर्नुहुँदैन भन्‍नेले के आफैं झन् त्‍यस्‍तो नराम्रो सम्‍बन्‍ध गर्ने? मूर्तिपूजालाई घृणा गर्नेले के मूर्तिपूजाबाट नै धन कमाउने? परमेश्‍वरले दिनुभएको व्यवस्था हामीसँग छ भनेर तिमीहरू घमण्‍ड गर्दछौ, के तिमीहरू त्‍यही व्यवस्था नाघेर परमेश्‍वरको अनादर गर्दछौ? किनभने धर्मशास्‍त्रले भन्‍छ, “तिमी यहूदीहरूले गर्दा नै अन्यजातिहरूमा परमेश्‍वरको निन्‍दा भएको छ,।” यदि तिमीले व्यवस्था पालन गर्दछौ भने व्यवस्थाअनुसार यहूदीले लगाउनुपर्ने शरीरको खतना गरेको पनि ठीकै छ। तर तिमी व्यवस्था नै पालन गर्दैनौ भने खतना नभएको अधर्मी मानिसजस्‍तै छौ। यदि खतना नभएको मानिसले व्यवस्थाको कुरा पालन गर्दछ भने के तिनीहरू परमेश्‍वरको अघि खतना भए जत्तिकै भएनन् र? तिमी खतना भएका यहूदी खतना नभएका अन्यजातिहरूबाट दोषी ठहरिनेछौ किनभने तिमीहरू लिखित व्यवस्था भएका र शरीरको चिन्‍ह पाएका भएर पनि व्यवस्थालाई पालन गर्दैनौ तर शरीरको चिन्‍ह नलगाए तापनि अन्यजातिहरूले भने व्यवस्था पालन गर्दछन्। बाहिरी रूपले मात्र यहूदी हुँ भन्‍दैमा ऊ पक्‍का यहूदी हुँदैन। त्‍यसै गरी शरीरमा गरेको देखावटी खतना पनि खास खतना होइन। भित्री रूपमा यहूदी भए मात्र कसैलाई यहूदी भन्‍न सकिन्‍छ। साँचो खतनाचाहिँ शरीरमा भएको कुरा मात्र होइन तर हृदयमा पवित्र आत्‍माले गरेको कुरा हो। यस्‍तो खतना भएको मानिसको प्रशंसा मान्‍छेहरूबाट होइन तर परमेश्‍वरबाट हुन्‍छ।

शेयर गर्नुहोस्
रोमी 2 पढ्नुहोस्

रोमी 2:17-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर यदि तिमी यहूदी हुँ भनी व्‍यवस्‍थामा भर परेर परमेश्‍वरसँगको सम्‍बन्‍धमा घमण्‍ड गर्दछौ, र उहाँको इच्‍छा जान्‍दछौ, र व्‍यवस्‍थाबाट सिकाइएका उत्तम कुराहरू मन्‍जूर गर्दछौ, र यदि तिमीलाई यो निश्‍चय छ कि तिमी अन्‍धाको अगुवा हौ, अन्‍धकारमा हुनेहरूका निम्‍ति ज्‍योति हौ, मूर्खहरूलाई सुधार्छौ, अपरिपक्‍वहरूलाई शिक्षा दिन्‍छौ, किनभने व्‍यवस्‍थामा नै सम्‍पूर्ण बुद्धि र सत्‍यता प्राप्‍त गरेका छौ— यसरी जब तिमी अरूहरूलाई सिकाउँछौ, त के आफूलाई चाहिँ सिकाउँदैनौ? जब तिमी चोरीको विरुद्धमा प्रचार गर्छौ, के तिमी आफैचाहिँ चोरी गर्छौ? तिमी, जसले व्‍यभिचार नगर भनी भन्‍छौ, के तिमी आफै व्‍यभिचार गर्छौ? तिमी, जो मूर्तिहरू घिनाउँछौ, के तिमी आफै मन्‍दिरहरू लुट्‌छौ? तिमी, जो व्‍यवस्‍थामा घमण्‍ड गर्दछौ, के व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अनादर गर्छौ? किनभने, लेखिएको छ, “अन्‍यजातिहरूका बीचमा परमेश्‍वरको नाउँ तिमीहरूद्वारा नै निन्‍दित भएको छ।” व्‍यवस्‍था पालन गर्दछौ भनेता खतनाबाट साँच्‍चै लाभ हुन्‍छ, तर व्‍यवस्‍था उल्‍लङ्घन गर्दछौ भनेता तिम्रो खतना बेखतना हुन्‍छ। यदि शरीरमा बेखतना भएकोले व्‍यवस्‍थाका धार्मिक-विधान पालन गर्दछ भने, के त्‍यसको बेखतना खतना नै गनिनेछैन र? तब शरीरमा खतना नभएर पनि व्‍यवस्‍थाचाहिँ पालन गर्नेहरूले, लिखित व्‍यवस्‍था भएका र खतना पनि भएका तिमीहरू व्‍यवस्‍था उल्‍लङ्घन गर्नेहरूलाई दोषी ठहराउँछन्‌। बाहिरी रूपले मात्र यहूदी हुनेचाहिँ साँचो यहूदी होइन, त्‍यसरी नै साँचो खतना पनि बाहिरी र शारीरिक कुरा होइन। यहूदी त्‍यो हो, जो भित्री रूपले यहूदी हो, र साँचो खतनाचाहिँ हृदयको कुरो हो, यो आत्‍मिक कुरा हो, लिखित व्‍यवस्‍थाको कुरा होइन। यस्‍तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्‍वरबाट हुन्‍छ।

रोमी 2:17-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अहिले तिमी आफूलाई यहूदी हुँ भन्छौ भने व्यवस्थामाथि भर पर्दछौ, र परमेश्‍वरसँगको सम्बन्धमा गर्व गर्दछौ। तिमीहरू उहाँको इच्छा जान्दछौ। उत्तम कुरा के हो, त्यो तिमीहरूलाई थाहा छ। किनकि तिमीहरूलाई व्यवस्थाबाट सिकाइएको छ। दृष्‍टिविहीनलाई बाटो देखाउन सक्छु भन्‍ने तिमीमा निश्‍चयता छ। अन्धकारमा भएकाहरूका निम्ति ज्योति हुँ भनेर मान्छौ। आफूलाई मूर्खहरूका प्रशिक्षक र बालकहरूका शिक्षक भनी सम्झन्छौ। किनकि तिमीहरूले व्यवस्थाको ज्ञान र सत्यता पूर्ण रूपमा पाएका छौ। तिमी, जो अरूलाई सिकाउँछौ, के आफैँलाई चाहिँ सिकाउँदैनौ? तिमी अरूहरूलाई चोरी गर्नुहुन्‍न भनी प्रचार गर्छौ, तर तिमी आफूचाहिँ चोरी गर्छौ? तिमी व्यभिचार नगर्नू भनी भन्छौ, तर आफैँचाहिँ व्यभिचार गर्छौ र? मूर्तिपूजालाई घृणा गर्छौ, के तिमी आफैँचाहिँ मन्दिरहरू लुट्छौ? तिमी व्यवस्थामा घमण्ड गर्नेहरू, व्यवस्था उल्‍लङ्घन गरेर परमेश्‍वरको अनादर गर्छौ? धर्मशास्त्रमा यसरी लेखिएको छ: “तिमीहरूका कारणले गैरयहूदीहरूको बीचमा परमेश्‍वरको नामको निन्दा भएको छ।” यदि व्यवस्थाको पालन गर्‍यौ भने खतनाको महत्त्व रहन्छ; तर व्यवस्थाको उल्‍लङ्घन गर्‍यौ भने तिमी खतना नगर्नेजस्तै हुन्छौ। खतना नभएकाहरू व्यवस्थाअनुसार चल्दछन् भने के तिनीहरू खतना भएकाजस्तै ठहरिँदैनन् र? तब शरीरमा खतना नभए तापनि व्यवस्था पालन गर्नेहरूले लिखित नियम भएका र खतना पनि भएका, तर व्यवस्था भङ्ग गर्ने तिमीलाई दोषी ठहराउँछन्। बाहिरी रूपमा यहूदी देखा पर्ने सबै साँचो यहूदी होइनन्, न त बाहिरी रूप र शारीरिक खतना नै साँचो खतना हो। बरु साँचो यहूदी चाहिँ त्यो हो, जो भित्रबाटै यहूदी हो। अनि साँचो खतना पनि आत्माद्वारा हृदयको खतना हो, तर लिखित नियमद्वारा होइन। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्‍वरबाट हुन्छ।

शेयर गर्नुहोस्
रोमी 2 पढ्नुहोस्

रोमी 2:17-29 पवित्र बाइबल (NERV)

तिमी को हौ? तिमी आफैंले आफूलाई यहूदी भन्दछौ। तिमी व्यवस्थामा भरोसा गर्छौ अनि आफ्नो परमेश्वरको घमण्ड गर्छौ। तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूबाट के चाहनु हुन्छ। अनि तिमीहरू कुन कुरो मुख्य छ त्यो जान्दछौ, किनभने तिमीहरूलाई व्यवस्थाले सिकाएको छ। तिमीहरू सोच्दछौं कि तिमीहरू नै जनताका मार्गदर्शक हौ तर तिमीहरू ठीक मार्ग जान्दैनौ। तिमी सोच्दछौ कि तिमीहरू जनताको निम्ति ज्योति हौं तर आफू स्वयं नै अन्धकारमा छौ। तिमीले आफूलाई ती अज्ञानी मानिसहरूलाई सही कुरा सिकाउने भनेर सम्झन्छौ। अनि तिमीहरू आफूलाई मानिसहरूका उपदेशक भनेर ठान्दछौ जसले धेरै सिक्नु परेको छ। तिमीहरूसँग व्यवस्था छ यसैले तिमीहरू सोच्दछौ की सबै कुराहरू जान्दछौं र सबै सत्य तिमीहरूसँगै छ। तिमीहरूले अन्य मानिसहरूलाई सिकाउँदैछौ। यसकारण तिमीहरू आफैंलाई किन पढाउँदैनौ? तिमीहरू अरूलाई नचोर भन्छौ तर आफैंचाहिँ चोर्दैछौं? तिमीहरू मानिसहरूलाई व्यभिचारको पाप नगर्नु भन्छौ। तर तिमीहरू आफैं चाँहि त्यस्ता पाप गर्दछौ। तिमीहरू मूर्ती-पूजालाई घृणा गर्दछौ। तर तिमीहरू आफैं मूर्तिका मन्दिरहरूको धन किन लुट्छौ? परमेश्वरको व्यवस्थाको विषयमा तिमीहरू घमण्ड गर्छौं। तर तिमीहरूले परमेश्वरको व्यवस्था भङ्ग गरेर उहाँलाई अनादर गर्छौ। धर्मशास्त्रमा लेखिएको छः “तिमीहरूको कारणले, अन्य गैर-यहूदीहरूद्वारा परमेश्वरको अपमान भएको छ।” यदि तिमीहरूले व्यवस्था अनुशरण गरेको भए तिमीहरूको खतनाको माने रहने थियो। तर यदि तिमीहरूले व्यवस्था भङ्ग गर्यौ भने तिमीहरू कहिल्यै खतना नभएको ठर्हने छौ। गैर-यहूदीहरूको खतना भएको हुँदैन। तर यदि तिनीहरूले व्यवस्था अनुसार त्यसो गरे भने तिनीहरू खतना भएका ठहर्दछन्। तिमी यहूदीहरूसँग लिखित व्यवस्था र खतना छ, तर तिमीहरूले व्यवस्था भङ्ग गर्यौ। यसकारण ती मानिसहरू जसको शारीरिक खतना भएको छैन, तर तिनीहरूले व्यवस्थालाई मान्दछन्, यसले तिमीहरू दोषी भएको देखाउँदछ। यदि एक मानिस शारीरिक रूपले मात्र यहूदी हो भने ऊ साँच्चो अर्थमा यहूदी होइन। सत्य खतना शारिरिक खतना मात्र होइन। एक मानिस मनको भित्री तहबाट मात्र साँच्चो यहूदी हुँदछ। साँच्चो खतना आत्माद्वारा हृदयमा भएको हुँदछ विधानद्वारा होइन। यो आत्माले गरेको हुँदछ, लिखित व्यवस्थाले गरेको हुँदैन। हृदयमा खतना भएको मानिसले मात्र परमेश्वरबाट प्रशंसा पाउँदछ, अनि मानिसहरूबाट होइन।