तिमी को हौ? तिमी आफैंले आफूलाई यहूदी भन्दछौ। तिमी व्यवस्थामा भरोसा गर्छौ अनि आफ्नो परमेश्वरको घमण्ड गर्छौ। तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूबाट के चाहनु हुन्छ। अनि तिमीहरू कुन कुरो मुख्य छ त्यो जान्दछौ, किनभने तिमीहरूलाई व्यवस्थाले सिकाएको छ। तिमीहरू सोच्दछौं कि तिमीहरू नै जनताका मार्गदर्शक हौ तर तिमीहरू ठीक मार्ग जान्दैनौ। तिमी सोच्दछौ कि तिमीहरू जनताको निम्ति ज्योति हौं तर आफू स्वयं नै अन्धकारमा छौ। तिमीले आफूलाई ती अज्ञानी मानिसहरूलाई सही कुरा सिकाउने भनेर सम्झन्छौ। अनि तिमीहरू आफूलाई मानिसहरूका उपदेशक भनेर ठान्दछौ जसले धेरै सिक्नु परेको छ। तिमीहरूसँग व्यवस्था छ यसैले तिमीहरू सोच्दछौ की सबै कुराहरू जान्दछौं र सबै सत्य तिमीहरूसँगै छ। तिमीहरूले अन्य मानिसहरूलाई सिकाउँदैछौ। यसकारण तिमीहरू आफैंलाई किन पढाउँदैनौ? तिमीहरू अरूलाई नचोर भन्छौ तर आफैंचाहिँ चोर्दैछौं? तिमीहरू मानिसहरूलाई व्यभिचारको पाप नगर्नु भन्छौ। तर तिमीहरू आफैं चाँहि त्यस्ता पाप गर्दछौ। तिमीहरू मूर्ती-पूजालाई घृणा गर्दछौ। तर तिमीहरू आफैं मूर्तिका मन्दिरहरूको धन किन लुट्छौ? परमेश्वरको व्यवस्थाको विषयमा तिमीहरू घमण्ड गर्छौं। तर तिमीहरूले परमेश्वरको व्यवस्था भङ्ग गरेर उहाँलाई अनादर गर्छौ। धर्मशास्त्रमा लेखिएको छः “तिमीहरूको कारणले, अन्य गैर-यहूदीहरूद्वारा परमेश्वरको अपमान भएको छ।” यदि तिमीहरूले व्यवस्था अनुशरण गरेको भए तिमीहरूको खतनाको माने रहने थियो। तर यदि तिमीहरूले व्यवस्था भङ्ग गर्यौ भने तिमीहरू कहिल्यै खतना नभएको ठर्हने छौ। गैर-यहूदीहरूको खतना भएको हुँदैन। तर यदि तिनीहरूले व्यवस्था अनुसार त्यसो गरे भने तिनीहरू खतना भएका ठहर्दछन्। तिमी यहूदीहरूसँग लिखित व्यवस्था र खतना छ, तर तिमीहरूले व्यवस्था भङ्ग गर्यौ। यसकारण ती मानिसहरू जसको शारीरिक खतना भएको छैन, तर तिनीहरूले व्यवस्थालाई मान्दछन्, यसले तिमीहरू दोषी भएको देखाउँदछ। यदि एक मानिस शारीरिक रूपले मात्र यहूदी हो भने ऊ साँच्चो अर्थमा यहूदी होइन। सत्य खतना शारिरिक खतना मात्र होइन। एक मानिस मनको भित्री तहबाट मात्र साँच्चो यहूदी हुँदछ। साँच्चो खतना आत्माद्वारा हृदयमा भएको हुँदछ विधानद्वारा होइन। यो आत्माले गरेको हुँदछ, लिखित व्यवस्थाले गरेको हुँदैन। हृदयमा खतना भएको मानिसले मात्र परमेश्वरबाट प्रशंसा पाउँदछ, अनि मानिसहरूबाट होइन।
रोमीहरूलाई पावलको पत्र 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमीहरूलाई पावलको पत्र 2:17-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू