तर तिमीहरू आफैंलाई यहूदी हुँ भन्छौ र व्यवस्थामा भर पर्दछौ। परमेश्वरलाई चिन्दछु भनी घमण्ड गर्दछौ। परमेश्वरले हामीबाट के चाहनुहुन्छ, हामीलाई थाहा छ भनी धाक लाउँछौ। तिमीहरू व्यवस्थाबाटै सिकेर ठूलाठूला कुरा गर्दछौ। मनका अन्धाहरूलाई डोर्याउन सक्छौं भनी हाँक दिन्छौ। तिमीहरू अध्याँरोमा बाटो नदेख्नेहरूका लागि आफूलाई साँच्चै ज्योति सम्झन्छौ र मूर्ख मानिसहरूलाई ठीक कुरो सिकाउन सक्छौं भन्छौ। अन्जानहरूलाई शिक्षा दिने हामी नै हौं भन्छौ अनि परमेश्वरको व्यवस्था हामीसँगै भएकोले जान्नुपर्ने कुरा हामीलाई नै थाहा छ भनी दाबी पनि गर्दछौ। त्यसो हुँदा अरूलाई शिक्षा दिने तिमीहरूले के आफैंचाहिँ शिक्षा पालन गर्दछौ त? अरूलाई चाहिँ चोर्नुहुँदैन भनी प्रचार गर्ने तर के आफूचाहिँ चोर्ने? आफ्नो जहानबाहेक अरू स्त्री वा पुरूषसँग नराम्रो सम्बन्ध गर्नुहुँदैन भन्नेले के आफैं झन् त्यस्तो नराम्रो सम्बन्ध गर्ने? मूर्तिपूजालाई घृणा गर्नेले के मूर्तिपूजाबाट नै धन कमाउने? परमेश्वरले दिनुभएको व्यवस्था हामीसँग छ भनेर तिमीहरू घमण्ड गर्दछौ, के तिमीहरू त्यही व्यवस्था नाघेर परमेश्वरको अनादर गर्दछौ? किनभने धर्मशास्त्रले भन्छ, “तिमी यहूदीहरूले गर्दा नै अन्यजातिहरूमा परमेश्वरको निन्दा भएको छ,।” यदि तिमीले व्यवस्था पालन गर्दछौ भने व्यवस्थाअनुसार यहूदीले लगाउनुपर्ने शरीरको खतना गरेको पनि ठीकै छ। तर तिमी व्यवस्था नै पालन गर्दैनौ भने खतना नभएको अधर्मी मानिसजस्तै छौ। यदि खतना नभएको मानिसले व्यवस्थाको कुरा पालन गर्दछ भने के तिनीहरू परमेश्वरको अघि खतना भए जत्तिकै भएनन् र? तिमी खतना भएका यहूदी खतना नभएका अन्यजातिहरूबाट दोषी ठहरिनेछौ किनभने तिमीहरू लिखित व्यवस्था भएका र शरीरको चिन्ह पाएका भएर पनि व्यवस्थालाई पालन गर्दैनौ तर शरीरको चिन्ह नलगाए तापनि अन्यजातिहरूले भने व्यवस्था पालन गर्दछन्। बाहिरी रूपले मात्र यहूदी हुँ भन्दैमा ऊ पक्का यहूदी हुँदैन। त्यसै गरी शरीरमा गरेको देखावटी खतना पनि खास खतना होइन। भित्री रूपमा यहूदी भए मात्र कसैलाई यहूदी भन्न सकिन्छ। साँचो खतनाचाहिँ शरीरमा भएको कुरा मात्र होइन तर हृदयमा पवित्र आत्माले गरेको कुरा हो। यस्तो खतना भएको मानिसको प्रशंसा मान्छेहरूबाट होइन तर परमेश्वरबाट हुन्छ।
रोमी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 2:17-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू