YouVersion लोगो
खोज आइकन

रोमी 2:17-29

रोमी 2:17-29 NNRV

तर यदि तिमी यहूदी हुँ भनी व्‍यवस्‍थामा भर परेर परमेश्‍वरसँगको सम्‍बन्‍धमा घमण्‍ड गर्दछौ, र उहाँको इच्‍छा जान्‍दछौ, र व्‍यवस्‍थाबाट सिकाइएका उत्तम कुराहरू मन्‍जूर गर्दछौ, र यदि तिमीलाई यो निश्‍चय छ कि तिमी अन्‍धाको अगुवा हौ, अन्‍धकारमा हुनेहरूका निम्‍ति ज्‍योति हौ, मूर्खहरूलाई सुधार्छौ, अपरिपक्‍वहरूलाई शिक्षा दिन्‍छौ, किनभने व्‍यवस्‍थामा नै सम्‍पूर्ण बुद्धि र सत्‍यता प्राप्‍त गरेका छौ— यसरी जब तिमी अरूहरूलाई सिकाउँछौ, त के आफूलाई चाहिँ सिकाउँदैनौ? जब तिमी चोरीको विरुद्धमा प्रचार गर्छौ, के तिमी आफैचाहिँ चोरी गर्छौ? तिमी, जसले व्‍यभिचार नगर भनी भन्‍छौ, के तिमी आफै व्‍यभिचार गर्छौ? तिमी, जो मूर्तिहरू घिनाउँछौ, के तिमी आफै मन्‍दिरहरू लुट्‌छौ? तिमी, जो व्‍यवस्‍थामा घमण्‍ड गर्दछौ, के व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अनादर गर्छौ? किनभने, लेखिएको छ, “अन्‍यजातिहरूका बीचमा परमेश्‍वरको नाउँ तिमीहरूद्वारा नै निन्‍दित भएको छ।” व्‍यवस्‍था पालन गर्दछौ भनेता खतनाबाट साँच्‍चै लाभ हुन्‍छ, तर व्‍यवस्‍था उल्‍लङ्घन गर्दछौ भनेता तिम्रो खतना बेखतना हुन्‍छ। यदि शरीरमा बेखतना भएकोले व्‍यवस्‍थाका धार्मिक-विधान पालन गर्दछ भने, के त्‍यसको बेखतना खतना नै गनिनेछैन र? तब शरीरमा खतना नभएर पनि व्‍यवस्‍थाचाहिँ पालन गर्नेहरूले, लिखित व्‍यवस्‍था भएका र खतना पनि भएका तिमीहरू व्‍यवस्‍था उल्‍लङ्घन गर्नेहरूलाई दोषी ठहराउँछन्‌। बाहिरी रूपले मात्र यहूदी हुनेचाहिँ साँचो यहूदी होइन, त्‍यसरी नै साँचो खतना पनि बाहिरी र शारीरिक कुरा होइन। यहूदी त्‍यो हो, जो भित्री रूपले यहूदी हो, र साँचो खतनाचाहिँ हृदयको कुरो हो, यो आत्‍मिक कुरा हो, लिखित व्‍यवस्‍थाको कुरा होइन। यस्‍तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्‍वरबाट हुन्‍छ।