YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 93:1-5

भजनसंग्रह 93:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहले राज्य गर्नुहुन्छ, उहाँ वैभवले आभूषित हुनुहुन्छ; याहवेह वैभवले आभूषित हुनुहुन्छ; र शक्तिले सुसज्जित हुनुहुन्छ; निश्‍चय नै संसार दृढ र सुरक्षित स्थापित गरिएको छ। अनादिदेखि तपाईंको सिंहासन स्थापित भएको छ; तपाईं अनन्तदेखि हुनुहुन्छ। हे याहवेह, समुद्रहरू उर्लिआएका छन्, समुद्रहरूले आफ्नो गर्जन उच्‍च पारेका छन्; तिनका भयानक छालहरू उर्लिएका छन्। महासमुद्रको गर्जनभन्दा शक्तिशाली, समुद्रका तरङ्गहरूभन्दा पनि शक्तिशाली— उच्‍चमा हुनुहुने याहवेह शक्तिशाली हुनुहुन्छ। हे याहवेह, तपाईंका कानुनहरू दृढ रहन्छन्; अनन्तकालको निम्ति तपाईंको भवन पवित्रताले सुसज्जित छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 93 पढ्नुहोस्

भजनसंग्रह 93:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुले राज्‍य गर्नुहुन्‍छ, उहाँ महिमाले विभूषित हुनुहुन्‍छ, अनि शक्तिले सुसज्‍जित हुनुहुन्‍छ। पृथ्‍वीको जग सुदृढ़ छ, त्‍यो कहिल्‍यै डग्‍नेछैन। तपाईंको सिंहासन अनादिकालदेखि स्‍थापना भएको छ। तपाईं अनन्‍तदेखि हुनुहुन्‍छ। हे परमप्रभु, समुद्रहरू उर्लिआएका छन्‌, समुद्रका छालहरूको गर्जन उच्‍च भएको छ, तिनका भयानक लहरहरू उर्लिआएका छन्‌। महासमुद्रको गर्जनभन्‍दा, समुद्रका शक्तिशाली तरङ्गहरूभन्‍दा पनि, उच्‍चमा विराजमान हुनुहुने परमप्रभु शक्तिशाली हुनुहुन्‍छ। तपाईंका कानूनहरू दृढ़ छन्‌, हे परमप्रभु, अनन्‍तकालको निम्‍ति तपाईंको भवन पवित्रताले सुसज्‍जित छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 93 पढ्नुहोस्

भजनसंग्रह 93:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहले राज्य गर्नुहुन्छ, उहाँ वैभवले आभूषित हुनुहुन्छ; याहवेह वैभवले आभूषित हुनुहुन्छ; र शक्तिले सुसज्जित हुनुहुन्छ; निश्‍चय नै संसार दृढ र सुरक्षित स्थापित गरिएको छ। अनादिदेखि तपाईंको सिंहासन स्थापित भएको छ; तपाईं अनन्तदेखि हुनुहुन्छ। हे याहवेह, समुद्रहरू उर्लिआएका छन्, समुद्रहरूले आफ्नो गर्जन उच्‍च पारेका छन्; तिनका भयानक छालहरू उर्लिएका छन्। महासमुद्रको गर्जनभन्दा शक्तिशाली, समुद्रका तरङ्गहरूभन्दा पनि शक्तिशाली— उच्‍चमा हुनुहुने याहवेह शक्तिशाली हुनुहुन्छ। हे याहवेह, तपाईंका कानुनहरू दृढ रहन्छन्; अनन्तकालको निम्ति तपाईंको भवन पवित्रताले सुसज्जित छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 93 पढ्नुहोस्

भजनसंग्रह 93:1-5 पवित्र बाइबल (NERV)

परमप्रभु राजा हुनुहुन्छ। उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ। उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन। परमेश्वर, तपाईंको राज्य सदा-सर्वदा चल्ने छ। परमेश्वर, तपाईं अनन्त सम्म बाँच्नु भयो। हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ। जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्। जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशली छन् तर परमप्रभु तिनीहरू भन्दा अझ शक्तिशाली हुनुहुन्छ। हे परमप्रभु, तपाईंको नियम सदा-सर्वदा चल्ने छ। तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 93 पढ्नुहोस्

भजनसंग्रह 93:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु राजा हुनुहुन्‍छ। उहाँले शक्ति र गौरव पहिरनुभएको छ। पृथ्‍वीको जग बलियो बसालिएको छ र हटाउन सकिंदैन। हे परमप्रभु, तपाईंको सिंहासन सुरुदेखि बलियो गरी राखिएको छ, समय सुरु हुनुभन्दा अघि तपाईं हुनुहुन्‍थ्‍यो। हे परमप्रभु! महासागरहरूले गहिराइदेखि स्‍वर उठाउँछन्, तिनीहरू स्‍वर उचालेर गर्जन्‍छन्। परमप्रभुले स्‍वर्गमा सर्वोच्‍च भई राज्‍य गर्नुहुन्‍छ। महासागरको गर्जनभन्दा ठूलो र समुद्रका छालभन्दा शक्तिशाली भई उहाँले राज्‍य गर्नुहुन्‍छ। हे परमप्रभु! तपाईंका नियमहरू अटल छन् र तपाईंको मन्‍दिर साँच्‍चै सदाकालको निम्‍ति पवित्र छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 93 पढ्नुहोस्