YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 93:1-5

भजनसंग्रह 93:1-5 सरल नेपाली

परमप्रभु राजा हुनुहुन्‍छ। उहाँले शक्ति र गौरव पहिरनुभएको छ। पृथ्‍वीको जग बलियो बसालिएको छ र हटाउन सकिंदैन। हे परमप्रभु, तपाईंको सिंहासन सुरुदेखि बलियो गरी राखिएको छ, समय सुरु हुनुभन्दा अघि तपाईं हुनुहुन्‍थ्‍यो। हे परमप्रभु! महासागरहरूले गहिराइदेखि स्‍वर उठाउँछन्, तिनीहरू स्‍वर उचालेर गर्जन्‍छन्। परमप्रभुले स्‍वर्गमा सर्वोच्‍च भई राज्‍य गर्नुहुन्‍छ। महासागरको गर्जनभन्दा ठूलो र समुद्रका छालभन्दा शक्तिशाली भई उहाँले राज्‍य गर्नुहुन्‍छ। हे परमप्रभु! तपाईंका नियमहरू अटल छन् र तपाईंको मन्‍दिर साँच्‍चै सदाकालको निम्‍ति पवित्र छ।

भजनसंग्रह 93 पढ्नुहोस्